साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेरोजगारको बयान

Nepal Telecom ad

अब म
जङ्गे पिलरहरू उखेल्दिन्छु
मेचीकाली सुकाइदिन्छु

सप्पै हिमाल भत्काइदिन्छु
मेरो आजसम्मको अजस्र राष्ट्रभक्ति
रोटीमा बदलिएन ।
दुर्बोध्य खेस्राजस्तो
डेट एक्सपायर जिन्दगी
देख्छ÷देखिरहन्छ
काला सपनाहरू÷सेता सपनाहरू
सम्भव सपनाहरू÷असम्भव सपनाहरू ।
सपनाहरूले मृगतृष्णाहरूको जुलुसको नेतृत्व गरेर हिँडिरहेको
टुलुटुलु हेरिरहेछ
स्वर्गीय सडकको सवाल्टर्न साइडमा बसेर
दुर्बोध्य खेस्राजस्तो
डेट एक्सपायर जिन्दगी ।
स्मृतिको कोलाजमा झल्कने
राष्ट्रभक्तिका विशृङ्लित यादहरूको एउटा ग्लिम्प्स
तिम्रो गलाको टाइमा फाँसी चढ्दै छ
सम्झनू–
न म कहिल्यै थिएँ
न म कहिल्यै हुनेछु ।
पोतेका बिड्स् औलाले गन्दै
एउटा पेसेवर पियक्कडले मधुशालामा
गायत्री जपेजसरी
ऊ जपिरहेछ ग्लुमी सन्डे–
सम्झनू
न म कहिल्यै थिएँ
न म कहिल्यै हुनेछु ।
जिन्दगी एउटा असमाप्य जाँच रहेछ
प्रश्नको जवाफ कहिल्यै नसकिने
सुख एउटा ह्याभी ड्रिङ्सको ह्याङओभर रहेछ
पीडैपीडा निम्त्याएर हराइ जाने
प्यारा साथीहरू
मलाई बुझेर पनि बुझ पचाएका हौ भने
सम्झनू
न म कहिल्यै थिएँ
न म कहिल्यै हुनेछु ।
मेरो असिम राष्ट्रभक्ति
कहिल्यै छानोमा बदलिएन
मेरो अटल राष्ट्रभक्ति
ओखतीमा कहिल्यै बदलिएन
म अब बिरानो ओडार पस्छु
र, किल्ला बान्छु
र, मोर्चा कस्छु
मेरो अटुट राष्ट्रभक्ति
छानोमा कहिल्यै बदलिएन ।
२४ असार २०७० कीर्तिपुर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
0
Would love your thoughts, please comment.x
()
x