साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विश्व कविता दिवसमा गोष्ठी

Nepal Telecom ad

काठमाडौं, ०७१ चैत ७ । विश्व कविता दिव २१ मार्चका अवसरमा ज्योति साहित्य प्रतिष्ठानले यहाँ एक कविगोष्ठीको आयोजना ग¥यो । आफ्नो नियमित १०१ औं कार्यक्रम तथा कौशला लामिछानेको सहयोगार्थ भनिएको कार्यक्रममा देश विदेशबाट प्राप्त रकम विजयध्वज थापालाई हस्तान्तरण समेत गरिएको थियो । मणिराज सिंहको सभापतित्व रहेको कार्यक्रममा शैलेन्द्र साकार, मञ्जु काँचुली, कृष्ण प्रधान, गङ्गा पौडेल अतिथि थिए ।

कवि गोष्ठीमा श्रीधर पौडेल, रामबहादुर पहाडी, पूर्ण्विराम, हरिप्रसाद पाण्डेय, भाग्यशाली अधिकारी, रत्ननिधि रेग्मी शुक्राचार्य, रामचन्द्र नेउपाने, जय छाङ्छा, जगदीश्वर पोखरेल, शशी थापा पण्डित, पुण्य गौतम विश्वास, माधव घिमिरे अटल, मुकुन्द नेउपाने, श्यामराज पाठक, तर्कना शर्मा, नवराज श्रेष्ठ, दीप्स शाह, सुशील राजोपाध्याय, जनार्दन अधिकारी धड्कन, ड.। रेणुका थापा, निराजन तिमिल्सिना, अरुण नदी खत्री, सुनील पुरी, रामकुमार पण्डित छेत्री, रश्मि रिमाल, स्मृति अधिकारी, प्रभा बराल, निर्भीक राई, केशवराज बिष्ट, केवल बेनामी, अशोक घिमिरे, चेतनाथ धमला, पुष्प अधिकारी अञ्जुली, रुद्र अधिकारी, विजयध्वज थापा आदिले कविता, गीत तथा गजल वाचन गरेका थिए ।

विश्व कविता दिवसमा कोक गोष्ठी

विश्व कविता दिवस तथा विशिष्ट कवि सोमनाथ सिग्दालको सम्झनामा लामो समयदेखि स्थगित रहेको कोक (कोठे कवि गोष्ठी) गोष्ठीले गत शनिबार छन्द कविता वाचनका रूपमा सम्पन्न गर्यो ।

महाकवि रमेश खकुरेलको अध्यक्षता तथा मूर्धन्य निबन्धकार कमलमणि दीक्षितको विशिष्ट आतिथ्यमा सम्पन्न सो कवि गोष्ठी महाकवि भुवनहरि सिग्देलको सानेपास्थित निवासमा सम्पन्न भयो । भाषामाथि आएको विकृति तथा नेपाल प्रज्ञा प्रतिष्ठानले भाषाका नाममा गर्दै आएको पक्षपाती व्यवहारप्रति तीव्र रोष प्रकट गर्दै कवि गोष्ठी सम्पन्न भयो ।

गोष्ठीमा अच्युतरमण अधिकारी, रत्ननिधि रेग्मी शुक्राचार्य, प्रह्लाद पोखरेल, ठाकुर शर्मा, नारायण ज्ञवाली, डा. बमबहादुर थापा जिताली, रामप्रसाद पन्त, बुनू लामिछाने, शशी थापा पण्डित, प्रभा भट्टराई, हरि खनाल, डा. जीवन अधिकारी, डम्बर घिमिरे, डिल्लीप्रसाद मूलतिहुन, देवेन्द्र सिग्देल, बलदेव शर्मा अधिकारी गाउँले, कोषराज नेउपाने, रमेश शुभेच्छु, भुवनहरि सिग्देल आदिले अनुष्टुप, मालिनी, भुजङ्गप्रयात, शार्दूलविक्रीडित, हारिणी, शिखरिणी, उपजाति छन्द र गजल वाचन गरेका थिए ।

स्रोता वा आयोजकबाट तत्कालै टिप्पणी गर्न पाइने र शुद्ध नेपालीमा शुद्ध शब्द राख्नुपर्ने कोक गोष्ठीको नियम छ । विशिष्ट अतिथिको आसनबाट बोल्दै निबन्धकार कमल दीक्षितले अब कोक गोष्ठी नियमित हुने तथा छिट्टै रमेश खकुरेलद्वारा लिखित शिखरिणी ब्यथा १०८ छन्दोवद्ध कृति प्रकाशित गरिने जानकारी दिनुभयो ।
–रत्ननिधि रेग्मीबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x