जीवन ‘पीडित’ दाहालदेब्रे हात
‘बाउ, अब तिम्रा दुखका दिन सिद्धिए, यो आरक्षणको व्यवस्थाले त हाम्रो उद्धारै गरेर छोड्ने भयो नि !’ यसो भन्दै पृथ्वीमान खुसीले उफ्रिउँला झैं गरेर करायो ।
‘के भन्छ यो नाथे ? कसको उद्धार गर्ने भयो आरक्षणले ?’– चलाउँदै गरेको खलाँतीको हातो चटक्क छोडेर मैते कामी भुतभुतायो छोरो खुसी हुनुको कारण थाहा नपाएर अलमलिँदै ।
‘के भएन चैं भन न’– पृथ्वीमानले भन्यो र हातमा रहेको एकपाने कागज देखाउँदै थप्यो– ‘यी दलित आरक्षण कोटाबाट मैले जागिर पाएँ नि बोया गा.वि.स.मा ।’
मैतेकी स्वास्नी सर्किनीले छोराका कुरा सुनेर कचिया बनाउनलाई आरनमा तताएर रातो भैसकेको फलाम पिट्नलाई उचालेको होत्रो लिहीमाथि थपक्क राखी र भनी– ‘पढेर सुना त बाबु– पढेर सुना ।’
नभनोस् पनि किन ? बल्ल–बल्ल मैतेका खलकमा पहिलो जागिरे हुँदै थियो मैतेको छोरो पृथ्वीमान ।
आमाको आग्रहपछि पृथ्वीमानले हातको एकपाने कागज फुकायो र बाँच्यो– ‘जिल्ला भोजपुर, प्याउली गा.वि.स.वडा नं. ४ बस्ने तपाईं श्री पृथ्वीमान बिश्वकर्मालाई मिति २०७१ साल फाल्गुण १४ गतेदेखि लागु हुने गरि यस बोया गा.वि.स.को कार्यालयमा कार्यालय सहायक पदमा छ महिनाका लागि नियुक्त गरिएको छ …।’
छोराले पत्रको मजवुन बाँचिसक्दा नसक्दै मैतेले भन्यो– ‘एउटा र्दुइटा कामीले आरक्षणमा जागिर पाउँदैमा सबै कामीहरूको कहाँ उद्धार हुने हो र ! हामी कति हजार वर्षदेखि कामी हुँदै आयौं भनेर त मलाई थाहा छैन तर यो आरक्षणको परिपाटीले अझै अरु थप दुइ–चार शताब्दिसम्म हामीलाई थिचेर कामीको कामीनै बनाउँने चैं पक्का भयो ?’
‘के भन्छन् यी ?’– पृथ्वीमान अकमकियो बाबुका कुरा सुनेर । अनि मैते कामीले दार्शनिक लवजमा भन्यो– ‘जति सधाएको भए पनि देब्रेहातले एउटा काममात्र राम्रोसँग गर्नसक्छ छोरा ।’
जुरोपानी–४, झापा
Subscribe
Login
0 Comments
Oldest








































