चट्याङ मास्टरयुवा रोजगार कार्यक्रम
हाम्रो पार्टीले नयाँ युवा रोजगार कार्यक्रम ल्याएको छ
जुलुस र आमसभाको काममा युवा व्यस्त तुल्याएको छ
युवा युवतीको हातमा बन्दुक या लाठी बोकाएको छ
जो गर्दैनन् यस्तो देश बनाउने काम, तिनलाई विदेश पठाएको छ
हाम्रो पार्टीले नयाँ युवा रोजगार कार्यक्रम ल्याएको छ ।
नारा लाउन लगाएको छ, मोसो दल्न लगाएको छ
तोडफोड आगजनी युवाको जिम्मा लगाएको छ
देशका दुश्मनले आइ प्याड बोकुन् या आइ फोन बोकुन्
हाम्रो पार्टीले युवालाई लाठी र भाटा बोकाएको छ
हाम्रो पार्टीले नयाँ युवा रोजगार कार्यक्रम ल्याएको छ ।
मजदुरलाई मुक्ति दिन उद्योगमा आगो लगाएको छ
बेकारको शिक्षाको अचार बनाउन स्कुल कलेज बन्द गराएको छ
उद्योगमा सामान बनाउनेलाई देश बनाउन लगाएको छ
देशका युवा धनी बनाउन, चन्दा असुल्न लगाएको छ
हाम्रो पार्टीले नयाँ युवा रोजगार कार्यक्रम ल्याएको छ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































