साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकछिन ख्याच्च ख्याच्च ।

Nepal Telecom ad

मन्दिरमा होस् कि मार्गमा
पार्टीमा होस् कि पार्कमा
दाइ एक छिन ल
हाम्रो फोटो खिचिदिनुस् ल
तरुनीहरू मसक्क मस्किए
अलीअली म पनि जिस्किएँ
मोबाइल क्यामरा किचिक्क
तरुनीको फोटो
खिचिक्क खिचिक्क ।

सुरु सुरु हिंडेको बेला
अङ्कलल एक छिन ल
कल्ले बोलायो भन्या त
मोबाइल थमाउँदै
एउटा ठिटनोले बोल्यो प्याच्च
के गर्ने खिचिदिनै प¥यो
ख्याच्च ख्याच्च ।

आफूलाई कामको हतारो
गाडी नपाएर अर्को चटारो
दाइ एक छिन ल
फेरि अर्की तरुनीले
ट्याबलेट थमाउँदै मस्की
ठिटोसँग रहिछ लजाउँदै झस्की
ट्याबलेटको क्यामरा क्याच्च क्याच्च
खिचियो फोटो ख्याच्च ख्याच्च ।

मन्दिर छिर्नै लाग्दा
एउटीले भनी
भाइ एकछिन ल
हात सनासोले झै समाई
हातमा नोटप्याड थमाई
श्रीमती ठ्याक्कै अर्ना जस्ती
श्रीमान सुकेको धाइरो जस्तो
राम्रो मिलाए जोडी कस्तो कस्तो
खिच्नै पर्यो 
क्यामरा पारियो क्याच्च क्याच्च
स्माइल !
खिचियो फोटो ख्याच्च ख्याच्च ।

ठुला, बडा, भेटिए कि
सबै फोटो खिच्न मच्चिने
म पनि आउनु प¥यो भन्दै
कोही उभिने
कोही भुइमै थच्चिने
कोही फोटो खिची
अघाउँदैन अघाउने
सकियो भन्न बेला
एकछिन ल भन्दै
क्यामारा थमाउने ।

फोटो खिच्यो कि
कोही फेसबुकमा ठेस्या छ
कोही ट्विटरमा भेटिया छ
जे भए पनि मोबाइलले
सबको रहर मेटिद्या छ ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x