साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्कट

Nepal Telecom ad

यो सङ्कट भन्ने जन्तु पनि अचम्मैको तन्तु जस्तै सानो कपासको त्यान्द्रो मडारिएर आउँदा झैं सङ्कटको लुँडो भनौँ कि त्यान्द्रो भनौँ यो लुँडिएर मुस्लो बनी कुँडी रह्यो । झन नेपालाँ त यसको कमी कहिल्यै भएन र हुँदैन पनि होला । नेपालाँ लोकतन्त्रसँगै मौलाएको सङ्कट झण्डै बौलाको ! हुनता नेपालाँ मात्रै के भनौ संसारै भरी लरीबरी यसको सयर पयर बिनाको कल्प कल्पको आदिदेखी सृष्टि र पृथ्वीको अन्तसम्म जन्त जाने जन्तीको लहर जस्तै गुजुल्टिएर उडी रह्यो । झन नेपालाँ त अजिङ्गर बनी रही रह्यो बाहिरको सङ्कट पनि आफ्नै मुखाँ जुका बनी टाँस्सी रह्यो गाँस्सी रह्यो !

जब जब पृथ्वीमा सङ्कटको रुपले बबण्डरलाई भयङ्कर भयमा परिणत गराउँथ्यो, शंकरदेखि विष्णु अवतारले दफ्तर बनाउँथे । खै अहिले त सुन्न पाएकै छैन कुन बिष्णु हुन् ? कुन कृष्ण ? कुन शंकर, तर सङ्कट झन बढ्दो छ । हत्या हिंसाको त चरम उत्कर्षबाट गरम गंणले धरमको सङ्कट नपर्या कहाँ हो र ? जनता जनार्दनले भागवानलाई भाकल गरेर पनि यो सङ्कट मोचन गर्न नपुकार्या र नगुहार्या पनि कहाँ हो र ? खै सुन्दैनन् पनि र आउँदैनन् पनि ? यो सङ्कट मोचन गर्न । के खाँचाले धाँउछन् र ?

यो सङ्कट पनि कसैले बोलाओस्, नबोलाओस् ह्वारह्वारी आइरहन्छ । अव हेर्नुस् न, सँस्कृतिको सङ्कट, रितिथितिको सङ्कट, राजनीतिको सङ्कट, राष्ट्रिय सङ्कट, अन्तर्राष्ट्रिय सङ्कट, भाषाको सङ्कट, आर्थिक सङ्कट, धार्मिक सङ्कट, पर्यावरणको सङ्कट, धर्मको सङ्कट, कर्मको सङ्कट, मेलमिलापको सङ्कट, युवा शक्तिको सङ्कट, देशलाई निकास दिने नेताको सङ्कट आदि इत्यादि । कति सङ्कटका नाम लिउँ ? सङ्कट त यहाँ ओल्टो फर्के सङ्कट कोल्टो फर्के सङ्कट, कर्के हेरे सङ्कट छड्के हेरे सङ्कट । घरभीत्र सङ्कट, घरबाहिर सङ्कट, छिमेकमा सङ्कट, टोलमा सङ्कट, जिल्लामा सङ्कट, देशमा सङ्कट, विदेशमा सङ्कट । राजनीतिमा त झन कत्रो भागबण्डाको सङ्कट, भाग लगाए पनि सङ्कट नलगाए त झन ठूलो र भाँचने, नासिने, बिग्रने, भत्किने सङ्कट ! यो लाजै नभएको सङ्कट, यो लाज पचाएको सङ्कट, यो भात पचाएको भाते सङ्कट, यो कसैको नभएको नकचरे सङ्कटलाई कंकट खुवाऊन सङ्कटा मोचन गर्नुपर्ला जस्तो छ ।

यो सङ्कट पनि सबैका आफ्नै खाले सङ्कट बढदै गएर भाले हुन्छन् । बाले भन्थे– यस्को यस वर्ष सङ्कटा बडा छ । त्यसैले मेरो सङ्कटा कडा छ । त्यस्तै यहाँहरूको पनि आ (आफ्नै खालको होला । यहाँहरूको सङ्कटले पनि कंकट ख्वाइरहेको होला । धन्ना नमान्नुस सबैका घराँ धरो हालेर बस्ने चिज हो एउटा टर्यो आर्को आइमिल्छ । पहिला नेपालाँ राणा शासनको सङ्कट राजा र प्रजालाई थियो । २००७ सालपछि राजाका सङ्कट पार्टी र पार्टीका सङ्कट राजालाई भयो ।

हुन त म कुनै राजनीतिज्ञ अथवा नेता भनौ या नेता गिरी गरेर हिँड्ने मानिस त हैन ! तै पनि किन हो किन यो राजनीतिको महान यज्ञमा होमादी गरेको प्रसादले म पनि विमुख हुन सकिन र यो महान कर्मको फल चाख्ने प्रेरणाले ‘स्वादे जिब्रो अल्छी तिघ्रो’ भन्छन् नि ! हो त्यस्तै त्यस्तै चाँहि हुँ किनकी यसको कर्मलाई धर्म मान्दै यसको प्रेरणाबाट संप्रेरित भएर, सधैं सधैं ओत प्रोत भैइरहने चाँही हुँ । राजनीति राजनिती यी दुई अक्षरको प्रकृति प्रत्यय मिलेर बनेको शब्द हो । राज्यमा जनतालाई शान्ति, सुरक्षा र सुशासन ल्याई चलाउने नीति हो तर यसको सङ्कटले शान्ति, सुशासन, विकास र निकासले उल्टो बाटो समातेर सुल्टो बाटोको सङ्कट पर्यो । राजा भन्ने शब्द त संसद वाटै अपधस्त गरी सङ्कट मोचनको प्रसाद बाँडियो ।

फेरि त्यो सङ्कटको शिरमा वीर बनेर जो जो आए उनीहरूको नीतिले जनता र जनता जनार्जनका इच्छा आकांक्षा र भावनालाई अपदस्थ मात्रै गरिएन कि अप्रासंगिक समेत बनाइयो बनाइरहेकै छन र बनाइरहने छन पनि । जसरी सङ्कट आदिकाल देखि अनन्त कालसम्म एकछत्र छाइरहेको छ । त्यसरीनै सङ्कट पनि पत्रैपत्रा रूपाँ जनता जनार्जनको भागाँ यत्र–तत्र तत्रमन्त्र तन्किरहेको छ, भन्किरहेको छ तै पनि जनता जनार्दन कुर्सीको सिक्काँ फिक्का भए पनि टिका चाहिँ लगाइ रहन्छन् लगाइरहनु पर्छ र लगाइ दिन्छन् पनि । जनता लाई किन जनार्जन भनिन्छ भने यो शब्द राजनीतिले लम्पट बनाएर लपेटिरहन्छ चाहे राजनीतिका खेलाडीले जनता जनार्दनलाई अस्प्रिश्य नै किन नमानुन् । यो कुरो चाँहि सङ्कटले र सङ्कट पालकले नै जानुन् ।

हाल– अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दमदार दमडी

दमदार दमडी

सर्वज्ञ वाग्ले
साँढे

साँढे

सर्वज्ञ वाग्ले
नेता बन छोरा

नेता बन छोरा

सर्वज्ञ वाग्ले
मुर्ख समाज !

मुर्ख समाज !

सर्वज्ञ वाग्ले
जस्तो आफू उस्तै च्यापु

जस्तो आफू उस्तै च्यापु

सर्वज्ञ वाग्ले
0
Would love your thoughts, please comment.x
()
x