साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काव्यशिविर सम्पन्न

Nepal Telecom ad

काठमाडौं, ०७१ चैत ७ । भक्तपुर जिल्लाको दत्तात्रेयमा काव्यशिविर सम्पन्न भएको छ । काव्यशिविरको यो अभियान प्रत्येक महिनाको पहिलो शनिबार आयोजना गरिन्छ । अग्रगामी र जनमुखी कला साहित्यको सिर्जना यसको उद्देश्य हो । यस अभियानले मोफसललाई राजधानीसँग जोड्न र नयाँ र अग्रज पुस्ताको बिच सिर्जनात्मक संवादमा बढाउन जोड दिन्छ ।

यसपल्ट नुवागी शैक्षिक मासिक, भक्तपुरको आयोजनामा यो कार्यक्रम भक्तपुुर जिल्लाको दत्तात्रेयमा रहेको नमूना घरमा सम्पन्न भएको हो । यसपल्ट विश्व कविता दिवसको सन्दर्भ पारेर कार्यक्रम आयोजना गरिएको हो । एक वर्ष पहिले आजैका दिन काव्यशिविरको अवधारणा पत्र पनि सार्वजनिक गरिएको थियो ।

काव्यशिविरमा कविता वाचनको साथै विश्व कविता दिवस बारेमा मन्तव्य राख्ने कार्यक्रम समेत रहेको थियो । विश्व कविता दिवसबारे साहित्यकार अभि सुवेदी र प्रकाश सायमीले प्रकाश पार्नुभएको थियो । संस्कृतिविद तथा साहित्यकार तेजेश्वरबाबु ग्वंगले आमन्त्रित कवि साहित्यकारहरूलाई स्वागत गर्दै कविताको शक्ति र सामथ्र्यमाथि प्रकाश पार्नुभएको थियो ।

त्यस्तै काव्यशिविरको बारेमा काव्यशिविरका अभियन्ता कवि राजु स्याङ्तानले जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन नुवागीका प्रधान सम्पादक मतिनाले गरेकी थिइन् । धन्यवाद ज्ञापन कार्यकारी सम्पादक कला अनुरागीले गरेका थिए ।

कार्यक्रममा कविहरू क्रमश तेजेश्वरबाबु ग्वंग, सनत कुमार वस्ती, चेतन कार्की, भूपाल राई, प्रकाश सायमी, मणि लोहनी, विष्णु भण्डारी, रविन्द्र मिश्र, सुभाषचन्द्र ढुङ्गेल, कला अनुरागी, केशव सिलवाल, रामगोपाल आसुतोष, केवल बिनाबी, केशरी अम्गाई, प्रथा, प्रोल्लास सिन्धुलीय, चेतनाथ धमला, माधव घिमिरे ‘अटल’, विश्व सिग्देल, मुरारी सिग्देल, हरिहर तिमिल्सिना, पारस ढकाल, राजु स्याङ्तान लगायत तिस जना कविले कविता वाचन गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x