साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठुलो भए पछि के गर्छौ बाबु ?

Nepal Telecom ad

बाबा म त ठुलो भई देश बनाउँछु
देश बिकास गरि सबलाई धनी बनाउँछु
साथी मिली स्कुल सप्पै बन्द गराउँछु
मोटे दाइ बोलाएर मास्टर पिटाउँछु ।

चकलेट बेच्ने अङ्कललाई मोसो लगाउँछु
खाजा दिने आन्टीको पसल आगो लगाउँछु
नेपाल बन्द गराउँछु पुलिस बोलाउँछु
ढुङ्गा हानि पुलिस दाइको टाउको फुटाउँछु
बाबा म त ठुलो भई देश बनाउँछु ।

मलाइ पिट्ने मास्टरलाई सहिद बनाउँछु
उनको लास बोकी पुरै शहर घुमाउँछु
क्षतिपूर्ति दस लाख उसलाई दिलाउँछु
आधा उसलाई पाँच लाख घर लेराउँछु
बाबा म त ठुलो भई देश बनाउँछु ।

टुँडीखेलमा साथी जत्ति सप्पै बोलाउँछु
सप्पैलाई सित्तैमा म नाच देखाउँछु
मन्चबाट जोक भन्छु साथी हसाउँछु
बाबा म त ठुलो भई देश बनाउँछु ।
काठमाडौंँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x