मरुभूमि नारायणजे पनि गर्दा हुन्छ !
भित्र के हुन्छ कुन्नि बाहिर पर्दा हुन्छ
पर्दा भित्र हजुरले जे पनि गर्दा हुन्छ ।
चिसोको महसुस गर्नु भयो भनेदेखि
ज्यान तताउन सुन्दरीतिर सर्दा हुन्छ
गाली गर्नै नमिल्ने आफन्त आए भने
रिसाएर राता–राता आँखा तर्दा हुन्छ ।
प्रहरीको डर कत्ति पनि नमान्नू होला
निरीक्षण गर्न बरण्डासम्म झर्दा हुन्छ ।
रक्षक नै सजिलै भक्षक भए भने यदि
सिधै खुट्टामा दाम्लो लाएर मर्दा हुन्छ ।
तनहुँ
Subscribe
Login
0 Comments
Oldest





































