सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भूकम्प हैन गणतन्त्र

Nepal Telecom ad

भैगो अब राहत नबाँड
व्यक्ति स्वार्थ लिएर
मानिस, चौपायहरूको मृत्युमा
चौरासी ब्यञ्जनका कुरा गरेर
भूमिमा लतपतिएको रगत देखेर
मुखबाट र्याल नकाडे हुन्छ
नङ्ग्रा घोटेर
पसिना बगाएर
आँसुका पर्खाल सुरक्षा गर
भैगो र्याल काढेर
भुकम्प पीडितहरूको
राहत नखोस
तिमीले राहत बाँड्नु पर्दैन
राहत बाँडेको गर्व गर्नुपर्दैन
नेल लगाउनु पर्छ
हर्षका साथ
मुक्का प्रहारबाट, राहत वितरण हुन्न
हामीलाई थाहा छ
सञ्चारमा मुड्की बजारेर
स्यौला झुण्ड्याएको देखाएर
अल्लो नदेखाए हुन्छ
हाम्रो धर्तीमा
गणतन्त्रको
धुवाँ उडाएर
मानिसलाई बेकुफ नबनाऊ
जनार्दनहरूका मनमा ठेस लगाएर
तिमीले राहत नबाँड ।
कठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’