साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्याको ‘भूकम्प विशेष’ गोष्ठी

Nepal Telecom ad

साहित्य सन्ध्याको ३४९ औँ कार्यक्रम जेठ २ गते शनिवार अपराह्न १ बजे ‘आर.आर.क्याम्पस’ प्रदर्शनी मार्गमा ‘भूकम्प विशेष परिचर्चा एवम् कविगोष्ठी’ सम्पन्न भयो ।

गोष्ठीको आरम्भमा विनाशकारी भूकम्पले ज्यान गुमाएका सबैका प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै एक मिनेट मौन धारण गरिएको र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोक प्रस्ताव पारित गरिएको थियो ।

वरिष्ठ इन्जिनियर एवम् प्राज्ञ महेन्द्र गुरुङले देशमा आइ लागेको यो विपत्ति पूर्ण घडीमा साहित्य गोष्ठीको आयोजना हुनु नै उत्साहप्रद रहेको बताउनुभयो ।

गोष्ठीमा कविहरू रामप्रसाद प्रदीप, मुकुन्द न्यौपाने, उमेश उपाध्याय, वेदमणि घिमिरे, वासुदेव अधिकारी, जन गायक रामकृष्ण दुवाल, रमेश पोखरेल, केशवराज अर्याल, प्रेमराज सिलवाल, सरस्वती चिमौरिया, ललिता दोषी, बैरागी जेठा, डम्बरध्वज लिम्बू, राममणि ढुङ्गेल, ब्रह्मप्रिय प्रेमस्वरूप, गोपाल नेपाल, प्रशान्त खरेल, गीता सापकोटा, रत्ननिधि रेग्मी, उर्मिला पन्त पाण्डेय, उदास कार्की र देवकी के.सी.ले आआफ्ना कविता, गीत गजल प्रस्तुत गर्नु भयो ।

वाचित कवितामा टिप्पणी गर्नु हुँदै प्रा.जगत् उपाध्याय प्रेक्षितले त्रासैत्रासको बिचमा आशाको सञ्चार भर्ने प्रयत्न हो आजको गोष्ठी भन्नु हुँदै सिङ्गो देश पीडामा छ; हामी स्वयम् आहत, दुखी र सन्त्रस्त भएको अवस्थामा समेत यस्तो गोष्ठीको आयोजना हुनु र त्यसमा उपस्थित भएर कविता वाचन गर्नु ज्यादै नै महत्त्वपूर्ण कार्य भएको उल्लेख गर्नु भयो ।

गोष्ठीको समापन गर्दै अध्यक्ष राम विनयले देशले भाग्नु परेको यो विपत्ति पूर्ण, त्रासद महाविनाशकारी भूकम्पले सिर्जना गरेको दर्दनाक त्रासदीलाई न्यूनीकरण गर्न भूकम्पका बारेमा जानकारी दिने, सावधानी अपनाउने र आफ्ना सिर्जनाका माध्यमबाट चेतना फैलाउने उद्देश्यका साथ भूकम्प विशेष कविगोष्ठीको आयोजना गरिएको बताउनु भयो ।

–रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x