साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी मान्छे हैन, गोरु हौं

Nepal Telecom ad

नुवाकोटतिर गोरु जुधाइ छ रे
गोरुको भेषमा मान्छे मालिक जुध्छ
या मान्छेको भेषमा गोरु
थाह पाउन गाह्रो छ
बेथा अलि साह्रो छ
हामी गोरु त हौं
मालिकका खेतमा नारिन्छौं र जोत्छौं
वरको होस् वा परको
देशको होस् वा विदेशको
फगत नारिनु र जोत्नु
हाम्रो कर्म हो, धर्म हो
हामी लोटाको पिँध भएका छौं
र गर्व गर्छौं कि लोटा
हाम्रै आधारमा बाँची रहेछ
चाहे पानी बोकाओस् थेचारोस्
हामी सही दिन्छौं
अर्थ विनाको अर्थ खोज्नु
हाम्रो नियति बनिसकेको छ
त्यसैले कहिले जुधेर तृप्त हुन्छौं
कहिले जुधाएर तृप्त हुन्छौं
फगत जुध्नु जुधाउनु हामे कर्तव्य हो
थाहा छैन हामी मान्छे हौं या गोरु
जुध्दै छौं अनि जुधाउँदै छौं
थाहा छैन हामी गोरु हौं या मान्छे
नारिँदै छौं र जोत्दै छौं
नुवाकोट मात्र किन ?
हामी नेपालैभरि गोरु भएर जुध्दै छौं
मालिकको आदेशमा
उसैको मनोरञ्जन खातिर
बेहिसाबसँग हामी जुधिरहेकै छौं ।
कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x