साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्को जन्ममा म देवता हुन्छु

Nepal Telecom ad

अर्को जन्ममा म देवता हुन्छु,
देवताहरूलाई मान्छे बनाउँछु
अर्को जन्ममा म देवता हुन्छु,
देवताहरूलाई मान्छे बनाउँछु
तिमीहरुको चिना म आँफै लेख्छु,
भएजति दशा तिमीहरूलाई खनाउछु
सानो छँदै टुहुरो बनाउँछु,
जन्मस्थलबाट उठीबास लगाउँछु
मेरो मन्दिर घुम्न लगाउँछु ,
भजन कीर्तन गर्न लगाउँछु
मेरा खुट्टा ढोग्न लगाउँछु,
खुट्टा पखाली जल खुवाउँछु
धूप, दीप बाल्न लगाउँछु,
दान दक्षिणा गर्न लगाउँछु
यति धेरै चाकरी गराउँछु,
वर दिनुको साटो बरबाद गराउँछु।

अर्को जन्ममा म देवता हुन्छु,
देवताहरूलाई मान्छे बनाउँछु
अर्को जन्ममा म देवता हुन्छु,
देवताहरूलाई मान्छे बनाउँछु
तिमीहरूको पनि म प्रेशर बढाउँछु,
मुटु चलाउन यन्त्र बनाउँछु
पाठेघरमा ट्यूमर रोप्छु,
पित्तको थैलीमा ढुङ्गा ठोक्छु
एक एक दिनको हिसाब गर्छु,
मृगौलामा पनि रोग थप्छु
हे देवताहरू हो !
अर्को जन्ममा म देवता हुन्छु,
तिमीहरूलाई म मान्छे बनाउँछु ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भैरव दाइ मेरा लागि महा-हास्यव्यङ्ग्यकार

भैरव दाइ मेरा लागि...

हरिवंश आचार्य
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x