साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तँ कन्याको टाउको कन्या !

Nepal Telecom ad

पाठक महानुभावहरू ! शीर्षक पढ्नुभयो ? यस शीर्षकमा ‘कन्या’ शब्दको प्रयोग दुई ठाउँमा भएको छ । अगिल्लो ‘कन्या’को उच्चारण ‘कन्न्या’ हुन्छ । पछिल्लो ‘कन्या’को उच्चारण ‘कन्या’ मात्रै हुन्छ । अगिल्लो ‘कन्या’मा घन संयोग छ, त्यसैले नकारको उच्चारण दुईचोटि गरिएको छ । पछिल्लो ‘कन्या’मा शिथिल संयोग छ, त्यसैले नकारको उच्चारण एकचोटि मात्र गरिएको छ । ‘सन्न्यास’ लेख्दा नकार दुईपल्ट लेखिन्छ र उच्चारण पनि दुईपल्ट गरिन्छ । सत्+न्यास=सन्न्यास । सन्धि भएर तकार नकारमा परिणत भएको हुनाले ‘सन्न्यास’ शब्द बनेको देखिन्छ । नाम बुझाउने ‘कन्या’ मा नकार एकपल्टमात्र लेखिन्छ तर उच्चारण दुईपल्ट गरिन्छ । यस्तै अवस्था ‘उज्ज्वल’ र ‘प्रज्वल’ मा पनि देखिन्छ । ‘उज्ज्वल’ मा जकार दुईपल्ट लेखिन्छ र उच्चारण पनि दुईपल्ट गरिन्छ । उत्+ज्वल=उज्ज्वल । ‘उज्ज्वल’ मा ‘उत्’ उपसर्गको तकार सन्धिनियमका कारण जकारमा परिणत भएको देखिन्छ । प्र+ज्वल=प्रज्वल । यहाँ जकार एउटा मात्र लेखिन्छ र जकारको उच्चारण चाहिँ दुईपल्ट गरिन्छ । ‘प्रज्वल’ शब्दको उच्चारण ‘प्रज्. ज्वल्’ हुन्छ । यसो हुनुको कारण अब बुझ्नुहोस् ।

‘य्, र्, ल्, व्’ यी चार वर्णहरू अन्तःस्थ हुन् । यी वर्णहरूलाई अद्र्धस्वर पनि भन्दछन् । यी वर्णहरू क्रमशः ‘इकार, ऋकार, लृकार तथा उकार’का भिन्न रूप हुन् । यी वर्णहरूको रचना यण्सन्धिको प्रक्रियाबाट पनि गरिन्छ । यी वर्णसँग संयुक्त हुन जाने वर्णभन्दा अगाडि अर्को कुनै अक्षर छ भने संयुक्त हुन जाने वर्ण प्रायः दुईचोटि उच्चरित हुन्छ, जस्तै : विद्या=बिद्.द्या, उद्योग=उद्.द्योग्, उद्यान=उद्.द्यान् आदि । मित्र=मित्.त्र, भित्र=भित्.त्र, चित्र=चित्.त्र, थोत्रो=थोत्.त्रो, माद्री=माद्.द्रि (द्री) आदि । बाक्लो=बाक्.क्लो, शुक्ल=शुक् (सुक् ?).क्ल, अग्लो=अग्.ग्लो आदि । विद्वान्=बिद्.द्वान्, उद्विग्न=उद्.बिग्.न, प्रज्वल=प्रज्.ज्वल् आदि । महाप्राण वर्णको उच्चारणमा चाहिँ त्यसै वर्णको अल्पप्राण अर्थात् अगिल्लो वर्ण दोहोरिन्छ, जस्तै : अध्ययन=अद्.ध्य.यन्, अध्यक्ष=अद्.ध्यक्. ष्य (स्य ?), बाख्रा=बाक्.ख्रा, च्याँख्ला=च्याँक्.ख्ला, व्याघ्र=ब्याग्.घ्र आदि ।

शब्दको आरम्भमै जोडिएका वर्णको उच्चारण चाहिँ एकचोटि मात्र गरिन्छ, जस्तै : ध्यान=ध्यान्, द्युति=द्यु. ति, श्रवण=श्र (स्र?) बँड्ब/ण्, श्रुति=श्रु (स्रु ?).ति, श्लोक=श्लोक् (स्लोक्), द्वारा=द्वा.रा आदि । यस्तो अवस्थामा शिथिल संयोग भएको हुन्छ ।

नेपाली क्रियापदमा अन्तःस्थसँग संयुक्त हुने वर्णको उच्चारण दुईचोटि गरिँदैन, जस्तै ः ग¥यो=ग.¥यो, सोध्यो=सो. ध्यो, बाँच्यो=बाँ.च्यो, भाँच्यो=भाँ.च्यो, नाच्यो= ना.च्यो, कुद्यो=कु.द्यो, कन्या=क.न्या आदि । बस्ला=बस्.ला, खस्ला=खस्.ला, हाँस्ला=हाँस्.ला, घोच्ला=घोच्.ला, बाँच्ला=बाँच्.ला आदि । यसरी संयुक्त हुन जाने वर्ण दुईचोटि उच्चारण गरिँदैन भने शिथिल संयोग भएको भन्ने बुझ्नुपर्छ ।

टेलिभिजनबाट समाचार वाचन गर्ने कतिपय मित्रहरूलाई द्वित्व उच्चारण गर्दा अशुद्ध होला कि भन्ने शङ्काले ग्रस्त बनाएको देखिन्छ । उहाँहरूलाई पनि उपर्युक्त सूत्र सुनाइदिनुहोला ।

प्रत्यक्ष=प्रत्.त्यक्.ष्य (स्य) अथवा प्रत्.त्यच्.छ्य उच्चारण गर्नुपर्छ । ‘प्रतच्छ्य’ अथवा ‘प्रतच्छे’ उच्चारण गर्नु हुँदैन । उद्देश्य=उद्.देश् (देस्?), श्य (स्य?) उच्चारण गर्नुपर्छ । ‘उदेस्स्य वा उदेस्से’ उच्चारण गर्नु हुँदैन । यस्ता बग्रेल्ती अशुद्धिहरू सुनिरहनुपर्दा यस गाउँलेलाई हृदयाघात नै होला जस्तो गरी पीडा परेको पर्यै छ, सम्भवतः सचेत श्रोताहरू सबैले यस्तै अनुभव गर्नुभएको छ ।
नैकाप, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
१००८ गठबन्धन महापार्टी

१००८ गठबन्धन महापार्टी

डा. गाउँले बलदेव
तिमी भोक देखाऊ, म भगवान् देखाइदिउँला !

तिमी भोक देखाऊ, म...

डा. गाउँले बलदेव
म प्रज्ञापति !

म प्रज्ञापति !

डा. गाउँले बलदेव
0
Would love your thoughts, please comment.x
()
x