मुकुन्द आचार्यअपहरणकर्तालाई सेठको पत्र
अपहरणकर्ताले फोन ग¥यो– “सेठ तोलाराम ! प्रातः भ्रमणमा निस्केकी तिम्री सेठानीको अपहरण् हामीले गरेका छौँ । तिमीलाई आफ्नी सेठानी सकुशल फिर्ता चाहिन्छ भने फलानो ठाउँमा खुरुक्क पाँच लाख नगद राखिदिनू । कुनै प्रकारको चलाकी नगर्नू । रकम पाएको भोलिपल्टै तिम्री सेठानी तिमी कहाँ पुग्छिन् । नपत्याए सेठानीसँग फोनमा कुरा गर ।”
फोनमा डाँको छौड्दै सेठानीले भनीन्– “झोलाराम के पाप्पु ! म्हारोको अठ्ठे से लेजाओ !” सेठ तोलारामले फोनमा क्यै भन्न खोज्दै थिए, तर उताबाट फोन राखियो ।
अपहरणकर्ताहरु सेठजीको प्रतीक्षामा थिए । एक दिन उनीहरुले सेठलाई बोलाएको खास ठाउँमा एउटा सानो ब्रिफकेशमा नोट र एउटा चिठी फेला पारे । चिठीमा लेखिएको थियो– आदरणीय अपहरणकताईज्यू । तपाईँले पाँच लाख माग्नु भएको थियो, म बीस लाख दिँदैछु । मेरी सेठानी भनाउँदी राक्षसनी बुढी, मोटी भैँसीलाई तपार्इँले अपहरण गरेर मेरो ठूलो उपकार गर्नुभयो । त्यसैले पाँचकाये साटो बीस लाख दिएको हुँ । कृपया त्यो दुच्छर बुढीलाई फिर्ता नगर्नु होला । बुढीसँग म दिक्क भैसकेको थिएँ । तपार्इँले उसको अपहरण गरेर जुन गुन लाउनु भा’छ त्यो म जीवनभरि बिर्सने छैन । अपहरणकर्ताज्यू, तपार्इँ पनि मलाई बिर्सनु हुने छैन । बरु पैसा अरु चाहिन्छ भने फोन गर्नु होला । कचकचे बुढीबाट मुक्ति पाएकोमा म बहुतै खुशी छु । घरमा अरु पनि सबै खुशी छन्, कचकचे बूढीको अपहरण सुनेर ।
अब म पनि सधैँ प्रातः भ्रमणमा निर्धक्क जाने गर्छु । कहिले काहीँ ठमेलमा मसाज गराउन पनि जान्छु । अब त मोजै मोज छ । अपहरणकर्ताज्यू, थैंक्यु, भेरिमच !
–भाग्यमानी सेठ तोलाराम
त्यो चिठी पढेर अपहरणकार्ताहरुले एउटा कुरा बुझ्न सकेनन्, खुसी हुने कि दुःखी हुने ?
थानकोट, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































