साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच छुस्का

Nepal Telecom ad

१.
भुटेको मकै मिठो छ
भेल पुरी खाइँदैन
सयौं थुँगा प्यारो छ
बन्देमातरम गाइँदैन
फुट्न खोज्ने फुटाउन खोज्ने
सम्बन्ध हामीलाई चाहिँदैन
लोग्ने स्वास्नीको झगडा पर्दा
मित्रले थुक निल्न पाइँदैन ।

२.
छिमेकीले छिमेकीको छेक्न हुन्न बाटो
धेरै बल्ड्याङ पछारिन्छ बन्न खोजे बाठो
काफी हुन्छ हात्ती खेद्न मसाल र लाठो
तेलसँग साटिँदैन नेपालको माटो ।

३.
सक्दैनौ हामी मधेसलाई
सीतालाई जस्तो अन्माउन
नखोज मोदी नेपालमा
लेण्डुप दोर्जे जन्माउन
हिमाली हावा काफी छ
दुखेको देश हम्काउन
हाम्रालाई घाँस नख्वाउनु अव
चाहन्छौ तिम्लाई सम्झाउन ।

४.
हिमाल हाम्रो माथि हो
तराई हाम्रो छाती हो
मालिक होइन भारत हाम्रो
केवल एउटा साथी हो
सज्जन हुन्जेल साथी हो
नत्र धु्रवे हात्ती हो ।

५.
गणतान्त्रिक नेपालको जारी भयो विधान
बेहुली झैँ सिंगारियो बिआइसिसी भवन
शीर्षस्थले देश निम्ति जब घुँडा धसे
बाहुन, दलित जनजाति ताली पिट्न बसे
लिम्वु भाइले यादव दाइलाई उचालेर दियो
घोषणा नै संविधानको समावेशी थियो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x