वासुदेव पाण्डेययता तेल आयो, उता ग्यास…
गुमाएन अस्तित्त्व झाडीहरूले
कतै तेल पाएन गाडीहरूले ।
गुनासो गरेछन् लुगा बिक्छ छोटो
लजाई पछ्यौरा र साडीहरूले ।
सबै देहमा प्राण सञ्चार होला
गरे रक्त सञ्चार नाडीहरूले ।
यता तेल आयो उता ग्यास आयो
भनेका भन्यै छन् गफाडीहरूले ।
गरे बन्द नाका मधेसी रिसाई
कठै ! के बिगारे पहाडीहरूले ।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest






































