साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाकाबन्दीको प्रहरमा

Nepal Telecom ad

यो तातो मरुभूमिझैँ सहरमा पाकेर के हुन्छ र ?
अर्काकै मुखमात्र लौ न जहिल्यै ताकेर के हुन्छ र ?
खुट्टामा उभिनै अहो ! नसकिए हेप्नेछ जस्ले पनि
साँच्चै हो असहायमाथि जहिल्यै चेप्नेछ जस्ले पनि ।

चाहे होस् न ढिलो, छिटो तर अहो ! रोप्यो भने फल्दछ
नाकाबन्द भएर के छ र अहो ! यो ढुक्ढुकी चल्दछ ।
पुर्खाको इतिहास बोल्दछ स्वयं कैल्यै झुकेको छ र ?
यो अस्तित्व, इमानको हिमचुली पग्लेर सिद्धिन्छ र ? ।

सीमाना छ अचम्मको किनभने आकाश छुट्याउँछ
रातारात अचम्म थाह नहुने के के उछिट्याउँछ ।
पश्चात्ताप गरिन्न खै किन अझै गल्ती गरे तापनि
फैलाइन्छ सदैव हात किन हो खल्ती भरे तापनि ।

आऊ चढ्न भनी हरेक पलमा बोलाउँछन् टाकुरा
अत्याचार विरूद्ध उठ्न नसके के काम यी पाखुरा ।
के जालान् र पराइको शरणमा यी स्वाभिमानीहरू
बग्नेछन् पहिचानका लहर यी नारायणीझैँ बरु ।

गोर्खाली जति वीर विश्वभरिमा भेटिन्न कोही अरू
के सोच्छौ भन हे अझै नि जिउँदै छन् कालु पाण्डेहरू ।
उम्र्यो झार भने कतै विकृतिको आफैँ जिलाऊँ वरू
आफ्नो यो घरमा हुँदै छ झगडा आफैँ मिलाऊँ बरू ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x