साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नठान्नू

Nepal Telecom ad

सत्ता उठाउँदैमा जान्ने भएँ नठान्नू
डोरी समाउँदैमा तान्ने भएँ नठान्नू ।।

चिप्लेकिराहरूको शिर हेर एक पल्ट
सिंङ मात्र उम्रँदैमा हान्ने भएँ नठान्नू ।।

के काम गर्नलाई यो ठाउँसम्म आयौ
बिर्सेर काम आफ्नो छान्ने भएँ नठान्नू ।।

संसार धान्नलाई दृढ राख्नु पर्छ छाति
टेको लिएर यौटा धान्ने भएँ नठान्नू ।।

अवहेलना हजारौं गर्दै रहेर साथी
मानेर एक अर्ती मान्ने भएँ नठान्नू ।।

अमिलो पिरो मिलेको साथी अचारजस्तो
सिङ्गार गर्न यसको झान्ने भएँ नठान्नू ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x