साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रुन्चे हाँसो

Nepal Telecom ad

यसपालि दशैं कष्ट काटेर नै बित्यो । फुलपातकिा दिनसम्म रित्तो सिलिण्डर लिएर सडकमा लाइन लागियो । ग्यास पाइएन । प्रहरीका लाठीको चोट पाइयो । सरकारसँग जनताका लागि दिने उपहार जे थियो, त्यही दियो । तिहारमा पनि त्यही स्थिति दोहोरियो ।

सधैँ तिहारमा सेल रोटी पाक्थ्यो । यस वर्ष पाकेन । देउसी भैलो खेल्न आउनेहरू रमाइला लाग्थे । यसपालि उराठिला लागे । भट्ट्याएको पनि त्यति मनपरेन । नाकाबन्दी बारे कसैले केही भट्याएन । टोलमा बत्तीको चहलपहल पनि त्यति देखिएन ।

बल्ल बल्ल फेला परेर किनी ल्याएको बिजुली चुलो पनि कागतिहारका दिन बिग्रियो । काग आयो गयो । सयपत्रीको माला त उन्न सकिन्यो । कागले माला किन थाप्थ्यो ।

भान्छामा मोदीकै भेषमा गजधम्म रित्तो सिलिण्डर देख्दा कहिले हाँसो उठ्थ्यो जनताका लागि कठबाँसका लाठामा अनुदित भएको लोकतान्त्रिक सरकार संझेर थप हाँसो उठ्थ्यो । कतिसम्म हुतिहारा बन्नसक्दो रहेछ सरकार, छिः । सरकारले निरन्तर बन्चरो हानेको र जनताले अँगालोमा राखेर बल्लबल्ल सम्हालेको वटवृक्षजस्तै भएको छ देश । अँगेनातिर दृष्टि पुग्यो । श्रीमतीजी मेहनतसाथ लागि परेर अटेर आगो फक्दै हुनुहुन्थ्यो । पालो दिन पुगेँ । दाउरामा आगो फुक्न बिर्सिसकेका मुखले चोसो मिलाएर फु फु गर्दा इतिहाससँग ठट्टा गरेजस्ता लाग्थ्यो । ढुंग्रोको जोहो थिएन । मट्टी तेल त विस्मृतिमा उडिसकेको थियो । तिहारकै मुखमा त दाउरा पनि काँचो परेछ । फुक्दापुक्दै चिलाएर हात पुर्पुरोतिर पुग्यो । पुर्पुरोमा राष्टवादको टुटुल्को थियो । जनसरकारका प्रहरीले कठबाँसको लाठो बजारेर उमारेको टुटुल्को ।

दाउरा गिजिएर धुवाँ छोडिरहेको थियो । बल्ने सुरसार नै थिएन । माथिबाट कसैले च्याँट्ठिँदो स्वरमा भन्यो, के गरेको यस्तो ? आँखा पिरो भएर हेर्नै सकिएन । झल्याँस्स भएँ । आफ्ना त आँखाले पिरो थाहा पाउने फुर्सत पनि कतै छुटाएछन् । केही थाहै पाइएन ।

सानी छोरीले नजिकै उभिन आइपुगेर भनिन्, च्यूरा खाऊँ बाबा, नुनखुर्सानििसत च्युरा खाउँ । पिउने पानी छँदैछ । भाइलाई टिका लगाएर पनि यसपाली म च्युरा नै दिन्छु ।

त्यतै नजिकै बसेर होमवर्क गरिरहेको बालक छोराले लेख्दालेख्दैको पेन्सिल रोक्यो र दिदीतिर पिलिक्क हेर्दै भन्यो, ए तिहारमा पनि मलाई च्युरा दिने ? म त रुन्छु है । स्कुलमा सरको च्युरा, घरमा दिदीको च्युरा ।

सुनेर तनुजा छोरी हाँसी । दुई कक्षामा पढ्ने बालक छोराको कुरा सुनेर म पनि रुन्चे हाँसो हाँसेँ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x