साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्दका कथा

Nepal Telecom ad

१.
सडकको छातीमा गुडिरहेका गाडीहरूमा एक्कासि ब्रेक लाग्यो । साना गाडी तथा मोटरसाइकलहरू दायाँबायाँ भाग्न थाले । ठूला गाडीहरू बाटोमा तेर्सिएर आवागमन बन्द भयो । पसलका सटरहरू बन्द हुन थाले । विद्यार्थी पुर्याउने गाडीहरू तथा सिकिस्त बिरामी बोकेका एम्बुलेन्सहरू बीचमा फसे । सडकमा टायरहरू बल्न थाले, सवारी साधनहरूको तोडफोड सुरु भयो ।

‘कारण के रहेछ ?’ म बुझ्ने प्रयत्न गर्दछु । ‘उपत्यका बन्द’ निराश हुँदै रित्तो गाडीहरूको चालकले जवाफ दियो । अर्को चालकसँग जिज्ञासा पोखें– अघिसम्म त केही थाहा थिएन, बन्दबारे । ‘खै! भर्खर सुरु भएको’ रे ! कारण चाहिँ थाहा भएन– उसले चिसो उत्तर दियो ।

मोटरसाइकल साइडमा राखेर भीडभित्र पसेर तोडफोडमा सक्रिय युवकहरूलाई बन्दको कारण सोधेँ– बिचरालाई थाहै रहेनछ । ‘सायद ठूलै घटना भएको हुनुपर्छ’ भन्ने सोचेर उत्सुक हुँदै अझभित्र प्रवेश गरेँ । ‘खै ! थाहा भएन तर बन्द छ’– सबैको साझा उत्तर ।

करिब एक दर्जन केटाहरूको बीचमा उभिएर निर्देशन दिइरहेको मोटो मान्छेलाई सोधेँ– ‘सर ! आज के को उपलक्ष्यमा बन्द हो ?’ ऊ फत्फताउन थाल्यो– त्यस्तो गर्न पाइन्छ ? हाम्रो पनि ज्यान हो, बैङ्कमा बगर धितो राखेर किनेको गाडी हो र ? …??

‘के भयो ? कसले के गर्यो ?’ मोटेको मुखबाट जवाफ फुत्कियो– ‘कालो बिरालोले बाटो काट्न पाउँछ ?’

२.
त्यसपछि बिराला एवं न्याउरी मुसाहरूले संयुक्त बैठक आयोजना गरे । हामी पिछडिएका तथा सीमान्तकृत वर्गलाई हेप्न पाइन्छ ? हामी पनि आफ्नै कामले एक ठाउँबाट अर्को ठाउँमा जानुपर्दछ । कि त सरकारले हाम्रो लागि छुट्टै बाटो, आकाशे पुल वा टनेल मार्ग बनाई दिनुपर्यो, कि त हामीमाथि लागेको अशुभ साइत बिगार्ने… जस्ता बिल्लाहरू फिर्ता गर्नुपर्यो । नत्र … हामी सबै सडकमा ओर्लिएर नेपाल बन्द गर्छौं । हामी पनि हेर्छौं कसरी चल्दा रहेछन् गाडी ?

३.
‘यो महिना साह्रै खल्लो भयो– नुनविनाको तरकारी जस्तो, जुनविनाको आकाश जस्तो, खुनविनाको शरीर जस्तो, सुनविनाको गहना जस्तो, ऊनविनाको स्वीटर जस्तो …।’ उसको अनुहारमा निराशा र अभावको रङ पोतियो ।
दसैँ नआए जस्तो, तिहारले बिर्सेजस्तो, छठले छोडेजस्तो, तीज छुटेजस्तो… कस्तो ! कस्तो !!
किनकि यो महिनामा बन्द एकपटक पनि भएन ।

४.
‘सहनुको पनि हद हुन्छ यार ! हामीले के गल्ती गरेका छौँ र हामीलाई ढालिन्छ ?’ बन्दको अभियानमा ढलेका रोड डिभाइडरले आक्रोश पोखे ।

‘हाम्रो के दोष छ ?’ रेलिङले आर्तनाद गरे ।

‘हामीले त झन् पारदर्शी भएर यात्रुलाई जाडो, गर्मी आदिको पनि ख्याल गरेका छौं ।’ गाडीका शिशाहरू निराश भए ।
‘हरेक आन्दोलनमा हामीहरू सती जानुपर्ने, जलेर खरानी हुनुपर्ने !’ टायरहरूले आक्रोश पोखे ।

‘हामी सबैका साझा हौँ तर हामीमाथि किन ढुङ्गामुढा ?’ भौतिक संरचनाहरू चुर भए ।

बाटो रातो हुने गरी टुक्रिएका इँट्टाहरूले निचोड निकाले– ‘साथीहरू ! हामी बोल्दैनौँ, विरोध गर्दैनौँ, बदला लिँदैनौँ– केवल चुपचाप सहेर बस्दछौँ तसर्थ हामी नै तोडफोडको शिकार भएका छौँ । अन्याय गर्ने र सहने दुवै अपराधी हुन् तसर्थ अब हामीले मुखको ताल्चा खोल्नुपर्छ, हातमा जमाएको दही पोख्नुपर्छ… ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x