साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजिनामा दिएकाले यसै भन्छन्

Nepal Telecom ad

पिएँ कहाँ र मैले पिएकाले यसै भन्छन्
पिएर नै कलेजी खिएकाले यसै भन्छन्

गुलाफ हुन्न माला गला काटी नजोडेमा
गला पिएर रेटी सिएकाले यसै भन्छन्

हुँ बूँद कर्कलाको रहे मोती खसे पानी !
घरै कुवा बनाई जिएकाले यसै भन्छन्

म तिर्छु यार भोली मरी जाने कहाँ हूँ र
दुकानमा उधारो लिएकाले यसै भन्छन्

पिएँ सराब भन्दै पियो उस्ले उसैलाई !
शरीर राजिनामा दिएकाले यसै भन्छन्

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के पाउँछौ ?

के पाउँछौ ?

पोष्टराज चापागाइँ
0
Would love your thoughts, please comment.x
()
x