साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छिटो स्वस्ती गर

Nepal Telecom ad

कैले वार्ता भातभान्सा कैले चिया खाजा,
कैले वार्ता खोया बिर्के, कैले पेडा ताजा,
सय दिन नगाएर, निर्धा गर्ने लडाइँ,
मान्छे मर्ने, सिमानामा दिल्ली गर्ने बढाइँ ।।

सार्वभौम नागरिक, नुनतेल मारामार,
कालो धन्दा फस्टाएर जन्ता मुर्गा पार,
सरकार भन्ने अर्को यौटा भ्रमकेन्द्र रैछ
घरी घुर्छ, घरी उङ्छ, तिन्लाई मस्ती नै छ ।।

धेरैलाई दुख भा नि नेता भत्ता मस्ती,
घर पोल्दै टीका लाउने हेर देशका हस्ती,
देश टाट पल्टाएर मस्ती गर गर,
दिल्ली दौडी मोदीजीलाई छिटो स्वस्ती गर ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x