साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले त भनेकै थिएँ

Nepal Telecom ad

मैले त शान्ति पर्खेको थिएँ
भय, त्रास र कोलाहल हैन
मैले त सृजना खोजेको थिएँ
आतङ्क, हाहाकार र छटपटी हैन
मैले त भनेकै थिएँ
मेचीमा बार लाउनुपर्छ
महाकालीको धार सोझ्याउनुपर्छ
पराईलाई टेक्न दिनुहुँदैन
कसैको भिक्षा लिनुहुँदैन
सगरमाथा अझै चुल्याउनुपर्छ
मैदान पहेँलै तुल्याउनुपर्छ
मैले त भनेकै थिएँ ।
करोडौँ मलाई हँसाउनुपर्छ
रिसाएकाहरूलाई फकाउनुपर्छ
मैले त भनेकै थिएँ ।
मैले त पौरख चाहेको थिएँ
आलस्य, थकाइ र निन्द्रा हैन
मैले त कोदालो मागेको थिएँ
महल, पजेरो र सुन्दरी हैन
मैले त भनेकै थिएँ
घाइतेहरूलाई उठाउनुपर्छ
मलमपट्टी लगाउनुपर्छ
गोठमा ब्वाँसो हुल्नु हुँदैन
घरको भेद खोल्नु हुँदैन
शहीदको गीत गाउनुपर्छ
रगतको बदला चुकाउनुपर्छ
मैले त भनेकै थिएँ ।
तेन्जिङलाई यतै बोलाउनुपर्छ
टिस्टा र काँगडा फर्काउनुपर्छ
मैले त भनेकै थिएँ ।

(‘आस्था रोपेर मनका गराहरूमा’ कवितासङ्ग्र्रहबाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x