साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे सुतिरहेछ !

Nepal Telecom ad

जो शक्तिमान् जन उही त लुटी रहेछ
पुस्तौं पुर्याउन भनेर जुटी रहेछ
खर्दारले पनि करोड गनी रहेछ
‘मै राष्ट्रसेवक महान् हुँ’ भनी रहेछ !

शस्त्रास्त्रमै बजट धेर गुडी रहेछ
मंत्री छिमेकतिर हेर उडी रहेछ
पाएर दान सब काम चली रहेछ
डुब्दैछ या कठिन याम टली रहेछ ?

उत्थानको गणित शीर्ष चढी रहेछ
पीडा हजार किन फेरि बढी रहेछ ?
गुम्ला कि राष्ट्र ? जन पीर गरी रहेछ
चाहन्छ बाँच्न तर नित्य मरी रहेछ !

फैलेर अग्नि सब भष्म बनी रहेछ
आएर दुश्मन इनार खनी रहेछ !
साख्खै बनेर मन(प्राण थुती रहेछ
‘मान्छे’ तथापि अझ हेर सुती रहेछ !!

आँधी चलेर पनि दीप बली रहेछ
आशा गरौँ कि अब दम्भ गली रहेछ
दुर्भाग्यको पल अवश्य टली रहेछ
उन्मादको गजुर जान ढली रहेछ !!

दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x