साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुटेर खानु पनि राज्य हुन्छ ?

Nepal Telecom ad

दिँदैन इन्धन, बिजुली न पानी,
छ दुष्ट पारा पनि जानी जानी,
कालाबजारीहरू रे इमानी,
जन्ताजनार्दन कति बेइमानी ??

छ सास्ती पूरा भनिँदो सुशासन,
अक्कास छानो, धरती छ आसन,
तथापि यो राष्ट्र निमित्त त्याग,
भनेर भन्छौँ त कता छ लाज ?

जुकोसरी भै चुसी मात्र राख्छौ,
विदेशी शक्तितिर भाव राख्छौ,
के हो कसो हो बुझिएन चाला,
यो लोकतन्त्रे गजबै छ भाला ।।

यो दुख के खान दिइरहन्छौ ?
केलाई कर मात्र कुम्ल्याइहिन्छौ ?
लुटेर खानु पनि राज्य हुन्छ ?
ए राज्य ! अस्तित्व कहाँ छ भन् त ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x