साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हार्दिक श्रद्धाञ्जलि : सुशील दा !!

Nepal Telecom ad

हार्दिक श्रद्धाञ्जलि : सुशील दा
कोशराज न्यौपाने

यौटा ईमानको खम्बा ढल्यो काँग्रेसमा जब
बैमानी हूलको हाबी हुन्छ काँग्रेसमा अब

कृष्णजी एउटा सन्त थिए ती पिल्सिई गए
सुशील पनि सोझै हून् देशघाती न भै गए

ओलीको घात गर्दा ता आफ्नै घात गरी गए
हुन्थे राष्ट्रपति प्यारा कठै सित्तैँ उनी गए

हुन ता उनले माखो मारेनन् मात्र शुद्ध हुन्
सौदाबाजी नगर्ने यी राजनीतिक बुद्ध हुन्

गौ–प्राणी हुन् बडा सोझा शब्दाञ्जलि छ अर्पण
सुशील दा तिमीलाई श्रद्धाञ्जलि समर्पण ।

काठमाडौं
२०७२/१०/२६ बिहान

“जय नेपाल सुशील दा”

धनराज गिरी

हिड्नुपर्ने अन्तिम बाटो हिडे उनी आज
रहे अन्तिम साससम्म चारतारे बाज़
सुशील थिए सरल थिए, थिए घरमुली 
पाका थिए साधारण बाँके सारा डुली
के के लेख्छ इतिहास थाहा छैन भोलि 
तर याद रहनेछ उनको तोते बोली 
सिस्नुघारी राजनीति गएकाछन छोडी 
अब कस्तो खेल्छन खेल “शेर -राम” जोडी
सान्दाजुको बिरुवाको उनी पनि माली 
बने भक्त आजीवन न पत्नी न साली
मुक्त भए ,सुख पाए मान्छे भाग्यमानी
दिए जीवन राष्ट्रलाई यिनी राम्रा दानी 
भूकम्प र नाकाबन्दी भोगे राम्रैसित 
आखिरमा बन्न पुगे आफैं शोक -गीत 
यसो भन्ला उसो भन्ला भोलि जगतले 
लेखेको छ सम्बिधान हाम्रो रगतले 
केही यश केही नाम कमाएर गए 
असजिलो कालखण्ड थमाएर गए 
धेरै गए, एक दिन जानैपर्छ साथी
छैन कोही सन्सारमा कालभन्दा माथि 
“जय नेपाल सुशील दा” भनें टाढाबाट 
गन्तब्य हो जिन्दगीको उही आर्यघाट 
बनाउनुपर्छ पर्छ शोकलाई शक्ति 
सबै मर्ला,मर्ने छैन हाम्रो देशभक्ति !!
—–अल बिदा सुशील दा !

 

 प्रजातान्त्रिक निष्ठाका पर्याय काेइरालाप्रति

 फित्काैलीकाे पनि शब्दश्रद्धा !!

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x