साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा सम्मान समारोह

Nepal Telecom ad

जयन्द्र साहित्य सेवाकोष झापाको आयोजनामा सम्पन्न समारोहमा सष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।

सेवाकोषका अध्यक्ष गोपीकृष्ण प्रसाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी प्रमुख आतिथि हुनुहुन्थ्यो भने प्राज्ञ विवश पोखरेल, भाषविद् वरिष्ट साहित्यकार चूडामणि रेग्मी, चन्द्र भण्डारी, कृष्ण धरावासी समेत
विशिष्ट आतिथि हुनुहुन्थ्यो ।

झापाली साहित्यकारहरू पुण्य प्रसाद खरेल, सरोज ओली, रोहिणी विलास लुइटेल, कृष्ण सुवेदी निराकार, डा. ठाकुर पोखरेल, तारा विविध, खगेन्द्र प्रसाईं र अन्य धेरै साहित्यकार एवं साहित्य प्रेमीहरूको आतिथ्यमा भएको समारोहमा सिलगडी, भारतका आख्यानकार, समालोचक तथा कवि लोकनाथ उपाध्याय चापागाईँलाई जयन्द्र प्रसाईँ उत्कृष्ट कृति सम्मान पुरस्कार प्रदान गरिएको थियो ।

धुलाबारी, झापा निवासी दीर्घ साहित्यसेवी सर्जक तेराखलाई जयन्द्र प्रसाईँ दीर्घ साहित्य सेवा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । त्यसै गरी महिला पत्रकारकारका रूपमा उत्कृष्ट सेवा गरेवापत अम्बिका भण्डारीलाई धनमाया स्मृति उत्कृष्ट महिला सम्मान पुरस्कार प्रदान गरियो ।

झापाका साहित्यकारहरू र अन्य साहित्यप्रेमी व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा सिलगडीका साहित्यकार मुक्ति उपाध्याय बराल र युवराज काफ्लेको पनि उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x