साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक– २

Nepal Telecom ad

१. समस्या
विचारको आगो लगाएर
आस्थाको घरमा
हामी पानी नखोजेर
साइत पर्खिरहेछौं –
‘आग लागी झुपडी डेढ घडी भद्रा ।’

२. रूख
हाँगाबिँगा काटेर
जरा उखेलेर
तमासा देखाउँदै
ठुटे रूखमा
पानी सिँचन गर्दैछौं– हामी ।

३. प्रजातन्त्रवाद
गालीगलौजको भाषा
रक्तरञ्जित तमासा
आखिर ‘तन्त्र’को चीरहरण भो यसरी
‘जब तक समोसे मेँ आलु
तब तक विहार मेँ लालु’ भो हाम्रो दृष्टान्त ।

४. संघर्ष
क्रान्ति गीतलाई
व्यापारीकरण गर्दै
आस्थालाई बजारीकरण गर्दै
नाँच्दैछौं हामी–
‘नाँच भालु नाँच, कम्मर भाँच !!’

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x