साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मालचरी र लाटोकोसेरो

Nepal Telecom ad

युगको मञ्चन कक्षमा
सुरिल स्वर निकाल्दै
आउँछन् मैना बथान
बाँड्छन् मिलनका उधारा सपनाहरू
पस्छन् चेन्जिङ रुममा
उतार्छन् पोशाक
देखिईन्छन् सारौँ

अग्रगामी नृत्य देखाउँदै
पुच्छर फिजाउँदै, बेग बढाउँदै
नर्तकी मयुर बथान
आउँछन् हाम्रा झोपडी–आँगनमा
चेन्जिङ रुम चिहाएर हेर्छु
देख्छु– उनीहरू त कौवा रहेछन्

चिलाउनेको दाना फोड्दैछन् सुगाहरू
भन्छन् ः यसलाइ मासेर पहाडमा
सतिसाल रोप्नुपर्छ,
जब पुग्छन् सत्ताको चेन्जिङ रुपमा
एकाएक फेरिन्छन्
उनीहरू त हिंस्रक बाज रहेछन्

मधुमासलाई चुनौती दिँदै
धनेषका कैयौँ जोडीहरू
पुलकित पार्छन प्रेमलीलामा
उनीहरू पनि पस्छन् उही चेन्जिङ रुपमा
उतार्छने बस्त्र
उनीहरू त झन् गिद्ध पो रहेछन्

आवरण फेर्दै, नक्कल घोक्दै
अनेकन आवाजहरू निकाल्दै
हाम्रा सपनाहरूको मञ्चमा जबर्जस्त देखिने
कैयौँ चराहरूको धोकाधडी
हामी चुपचाप सहिदिन्छौँ
हातपाउ हुँदाहुँदै
टाउको छँदाछँदै
हुटिट्याउँ जसरी
हामी नै थामिदिन्छौँ उनीहरूको कालो आकाश
नदेख्ने लाटोकोसेरोजस्ता हामी
चुपचाप सहिदिन्छौँ मालचरीहरूको अन्याय ।

गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x