साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अचम्म छ !

Nepal Telecom ad

१. आफ्नो गौरव आफैंले कालो पार्नु अचम्म छ !
यो देशमा त आफैंले कालो पोत्छन् विचित्र छ !

२. मेरा तिम्रा भए शत्रु यिनी शत्रु स्वयम् भए !
वाह ! वाह ! भएकै थ्यो ! लोपर्छन् यी अचम्म छ !

३. खोज्ने पर्दैन थ्यो !आफ्नो कीर्ति व्यापक पो थियो !
आफैं अन्धो ! स्वयम् लाई नदेख्ने लौ अचम्म छ !

४. कत्रो ध्यान र निष्ठा त्यो कमाएको ठुलो धन
जुवाडे खालमा स्वाहा ! भए जस्तो अचम्म छ !

५. आमाले अन्न पानीको सुख सेवा कति गरिन् !
कस्तो उपद्रो ! निर्लज्ज ! आत्म नाश अचम्म छ !

६. के थियौ अघि हे नाङ्गा ! अहिले स्वर्गमा पुग्यौ !
के कुवुद्धि कताबाट ? नासिनु यो अचम्म छ !

७. प्रायश्चित्त व्यवस्था छ जान्नेले त्यो गरे ! गर !
हे कुवुद्धि ! अहो ! ऐना हेर्दैनौ लौ ! अचम्म छ !

८. युग नौलो तिमी नै पो भन्थ्यौ ! बिर्स्यौ सवै कुरा ?
गुरुका बिर्सियौ रे लौ ! आफ्नै बिर्स्यौ ? अचम्म छ !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x