साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माग्ने कुरा

Nepal Telecom ad

हो माग्नेले अलिकती मद्दत माग्यो
पैले मुटु माग्यो पछी रगत माग्यो ।

कति लाचार छ यो देशको कानुन
हेर्नुहोस्, अदालतले हिफाजत माग्यो ।

कृतिम रहेछन् रहरहरू मेरा पनि
मृत यो जिन्दगीको सनाखत माग्यो ।

दुनियाँ साँच्चै परिवर्तन भएको रहेछ
छोराले बासित ढोग दण्डवत माग्यो ।

जस्लाई मन मुटु दिएँ आफ्नै सम्झी
सम्पति र इज्जतसँग सहमत माग्यो ।

झापा, बिर्तामोड
हाल : इजरायल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x