साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्रीको पछि पछि

Nepal Telecom ad

विदेशमा मन्त्री आए
मन्त्रीको पछि पछि
हतारिँदै बथान भए
छेउ छाउमा पसि ।

कोही ‘हजुर’ भन्छन्
हात जोडी गनगन
दौडादौड खुब सत्कार
गुमाइ बिर्सि आफ्नोपन ।

मन्त्रीसँग फोटो खिच्न
तँछाड मछाड कस्तो
डिभी पिआर सबैजना
संसार नै जिते जस्तो ।

कहाँ गयो तिम्रो आफ्नो
प्रतिष्ठा र पहिचान
परिजीवी झैँ किन अर्कामा
लुकाउँदैछौ मान र शान ।

तिमी पनि त केही हौ
किन नुहेको त्यस्तो
तिमी पनि त केही छौ
छैन कोही यहाँ सस्तो ।

मन्त्रीको पछि उभिएर
छाती र नाक फुलाउने
मन्त्रीकै नामसँग जोडिएर
आफ्नो नाम खुलाउने ।

विदेशमा पनि चाप्लुसी
खै त तिम्रो अस्तित्व
सदा गर आफ्नो सम्मान
सबैको छ आफ्नै व्यक्तित्व ।

लस एन्जेलस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x