सुलसुलेघिमिरे र राईलाई महाविद्यावारिधि
काठमाडौं, १ चैत । त्रिभुवन विश्वविद्यालयले राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईलाई महाविद्यावारिधि उपाधि प्रदान गरेको छ । विश्वविद्यालयको सोमबार आयोजित विशेष दिक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपाधिबाट सुशोभन गर्नु भएको हो ।
राष्ट्रकवि घिमिरेले नेपाली वाङमयको क्षेत्रमा पु¥याएको योगदानलाई कदर स्वरुप र राईले नेपाली भाषा साहित्यको उत्थानमा खेलेको भूमिकाप्रति सम्मान गर्दै महाविद्यावारिधि उपाधि प्रदान गरिएको हो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको गौरवपूर्ण इतिहास र राष्ट्रिय अखण्डताको भावधारा आफ्ना रचनामा समावेश गरेको भन्दै राष्ट्रकविको प्रशंसा गरेका थिए ।
यस्तै प्रधानमन्त्री ओलीले भारतको दार्जिलिङ कर्मक्षेत्र भए पनि नेपाल भाषा साहित्यको विकासमा योगदान पु¥याएको भन्दै वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको प्रशंसा गरेका थिए । ‘कर्मक्षेत्र भारतको दार्जि्लिङ भए पनि नेपाली भाषा र साहित्यको उत्थानमा उहाँको भूमिका सम्पूर्ण नेपालीका लागि अविस्मरणीय र प्रेरणादायी रहेको कुरा म सम्झिरहेको छु’ प्रधानमन्त्री ओलीले भने ।
Subscribe
Login
0 Comments
Oldest











































