साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै के के भाको छ

Nepal Telecom ad

बाउ काम छोडेर लखर लखर
ग्यास खोज्दै हिड्छन्
आमा पनि काम छोडेर
मट्टीतेल खोज्दै हिड्छिन्
साँझ दुबै जना खाली हात फर्कन्छन्
मट्टितेल नपाए पनि भटिृतेलले
दुबै टुन्न परेर एक आपस झर्कन्छन्
थाह छैन घरमा अचेल खै के भाको छ
न आफूले भात खा’को छु न भाइले पाको छ ।

आयो आयो भनेपछि
आमा ग्यालिन बोकी दौडिन्छिन्
बा सिलिन्डर बोकी दौडिन्छन्
जति जहाँ दौडे पनि
न ग्यास आउछ, न तेल पाउछ
बरु जर्किन भरी घरमा भट्टितेल आउँछ
बा आमा दुबै त्यही तेलमा रमाउँछन्
हामीलाई चाउ चाउ र चिउरा थमाउँछन्
घरमा न भात भान्सा भाको छ
न छोरोले टन्न भात खान पाको छ
खै के थाह, अचेल देशमा खै के भाको छ ।

बा ट्याक्सी चलाउँथे
आमा टेम्पो चलाउँथिन्
तर आजभोलि बेरोजगार भाका छन्
काम नभएर खाली हात आका छन्
हरेक दिन खाली हात फर्कन्छन्
खै ककसको रिसले
हामीसित झर्कन्छन्
घरमा न ग्यास आको छ
न मट्टीतेल आउँछ
तर यो देशल सजिलै भट्टितेल पाको छ
तर थाह छैन यो सरकारलाई पनि
अचेल खै के के भाको छ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x