साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली भाषासम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी

Nepal Telecom ad

काँकडभिट्टा (झापा), १ चैत । नेपाली भाषामा एकरुपता ल्याउने उद्देश्यका साथ झापाको काँकडभिट्टामा जारी अन्तर्राष्ट्रिय नेपाली भाषा सङ्गोष्ठी ‘काँकडभिट्टा घोषणापत्र’ जारी गर्दे आइतबार सम्पन्न भएको छ ।

तीन दिनसम्म चलेको सङ्गोष्ठीले सात बुँदे घोषणापत्र जारी गरेको हो । म्यानमार, भुटान, भारत तथा नेपालका भाषाविद्को सहभागिता रहेको गोष्ठीले नेपाली भाषालाई अझ परिष्कृत बनाउनका लागि अलग अलग कार्यपत्र प्रस्तुत भइ छलफल गरिएको थियो ।

प्रस्तुत कार्यपत्रमाथि विभिन्न भाषाविद्ले भाषा, शब्दकोश र व्याकरणीय एकताका बारेमा बहस गरेका थिए ।

गोष्ठीबाट पारित भएको काँकडभिट्टा घोषणापत्रले आगामी दिनमा नेपाली भाषाको एकरुपतामा मद्दत पु¥याउने सहभागीले विश्वास लिएका छन् ।

विश्वमा रहेका नेपाली भाषा एउटै भए पनि बोलीचाली र लेखनमा फरक पर्ने भएकाले भविष्यका सन्ततिलाई आफ्नो नेपाली भाषाका बारेमा नै अन्योल उत्पन्न हुुने अवस्था आउने भएकाले भाषालाई एकरुपता कायम गर्न यस किसिमका कार्यक्रमले सघाउ पुग्ने प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेले बताए ।

प्राज्ञ यज्ञराज प्रसाईंले नेपालमा छरिएका सम्पूर्ण भाषालाई समेट्दै ६० हजार शब्दको नेपाली शब्दकोश एक लाख शब्दको बनाउने महाअभियानमा यस घोषणापत्रले सहयोग पु¥याउने बताए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x