सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कामै के छ र !

Nepal Telecom ad

‘सर, तपाईँले यस कलेजमा पढाउन थाल्नुभएको कति वर्ष भयो ?’
‘चौध वर्ष भयो सर ।’
‘अनि मेडम पनि कतै काम गर्नुहुन्छ कि ?’
‘केही काम गर्दिन सर । ऊ घरै बस्छे ।’
‘खानासाना कसले पकाउँछ नि ?’
‘मेडमले ।’

‘भाँडा माझ्ने मान्छे राख्नुभएको छ कि?’
‘छैन सर, उसैले भ्याइहाल्छे नि, उसको कामै के छ र ।’
‘बढारकुँढार गर्ने, लुगा धोइदिने कोही छ ?’
‘छैन सर, मेडमले आफैं गर्छे ।’

‘घरका लागि किनमेल त सर आफैं गर्नुहुन्छ होला नि ?’
‘होइन सर, किनमेल कति नै हुन्छ र, उसैले गर्छे ।’
‘सरले चाहिं के के गर्नुहुन्छ नि ?’
‘म, म त धेरै काम गर्छु नि सर, कलेज आउँछु, पढाउँछु ।’
‘घरमा पनि केही गर्नुहुन्छ कि ?’
‘घरमा म किताबहरु पढ्छु, सामानहरू यताउति पार्छु, त्यस्तै हो सर । मेरो त धेरै काम हुन्छ ।’

‘गाई पनि पालेको छ भन्नुहुन्थ्यो, त्यसको काम गर्ने गोठालो पनि छ सर?’
‘छैन सर, गोठालो राख्नु कम महंगो पर्दछ र ? गाई दुहुने, घाँस काट्ने, भकारो सोर्ने, खोले कुँडो पकाउने । गाईको हेरचाह गर्ने काम मेडमले नै गर्छे ।’

‘सागसब्जी आफ्नै बारीको खाने गरेको छ भन्नुहुन्थ्यो नि सर ? कसले गर्छ करेसाबारीको काम ?’
‘करेसाबारी कति छ र सर, एकैरति छ । त्यहाँ खनखान पारेर सागसब्जी रोप्ने, पानी हाल्ने, गोडगाड पार्ने पनि उसैले नै गर्छे । किनकि मेडम केही काम गर्दिन नि त ! ऊ घरै बस्छे ।’

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad