साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक– १०

Nepal Telecom ad

१. उपलब्धि
हिजोको त्याग आज फोसा भएको छ
कामचोर प्रवृत्ति नै भरोसा भएको छ
विश्वासको लहरामा मेरो प्रजातन्त्र–
दाना विनाको कोसा भएको छ ।

२. कला
पुर्खाहरू लडे अँध्यारो गयो उज्यालो आयो,
बाउहरू विचारमा चिरा पार्दै गए शक्ति बरालियो,
छोराहरू लुट र फुटमै मस्त छन् चारैतिर–
हाम्रो कला ‘नपाउनेले केरा पायो बोक्रैसित खायो’ भैदियो ।

३. उद्देश्य
विश्वासको फोटो खिचेको छु फ्रेममा राख्नुपर्ला,
दर्शन, ज्ञान र विज्ञानका कुरा ब्रेनमा साँच्नुपर्ला,
महङ्गीले निमन्त्रणा–पत्र पठाइसकेको छ,
अब त डिजेल र मट्टितेलसँगै प्रेम गर्नुपर्ला ।

४. याद
भान्साको लसुन फोस्रियो
भँडारको आलु चाउरियो
गन्गने स्टोभ झर्कोफर्को गर्छ
एकान्तमा प्रियसीको याद बौरियो ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x