साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नम्बरी दुई टुक्रा

Nepal Telecom ad

टुक्रा नम्बर–१

हैसियतमा लुला
कुरा गर्छन् ठूला
सजातिलाई फुटाउने
बिजातिका मुला
मुखमा राम जप्छन् तर
बगलीमा छुरा ।

टुक्रा नम्बर– २

विदेशीको बुई चढी
मुक्ति क्षेत्र पुगें भन्छन्
एक दुई तीन चार
औँला भाँची
आफ्नै सहयात्री गन्छन्
हिसाबमा कमजोर छन्
एउटै अङ्क दोहोर्याउँछन्
सन्निपातको बिमारी झैँ
दिन रात बर्बराउँछन्
घात प्रतिघात गर्छन्
आफ्नैं मात्र भुँडी भर्छन्
कतै कुरा उठ्यो भने
ठूला ठूला आँखा तर्छन्
मैंले मात्र भन्या हैन
दुनियाँले यसै भन्छन् ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शिवरामको छोरो पनि मुन्द्रिएछ

शिवरामको छोरो पनि मुन्द्रिएछ

देवीचरण भण्डारी ‘सरोज’
0
Would love your thoughts, please comment.x
()
x