साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मार्क्सकाे खेती

Nepal Telecom ad

तल–तल तहखाना बनायो
वेश्यालय चलायो
माथि–माथि पार्टी बनायो
मुलुक चलायो
क्या गजबको देश !
क्या गजब भो देश !
मुलुकको मुखिया पनि आफैँ
वेश्यालयको दलाल पनि आफैँ
दलाल र मुखियाको फ्यूजन
क्या गजबको देश !
क्या गजब भो देश !!

तल–तल तहखाना बनायो
रामनामी चलायो
माथि–माथि हँसिया–हथौडा बनायो
माक्र्सवाद चलायो
क्या गजबको देश !
क्या गजब भो देश !
रामको हनुमान पनि आफैँ
माक्र्सको लेनिन पनि आफैँ
लेनिन र हनुमानको फ्यूजन
क्या गजबको देश !
क्या गजब भो देश !!

तल–तल तहखाना चलायो
लेण्डुपवाद चलायो
माथि–माथि भीमसेनको मूर्ति बनायो
राष्ट्रियता चलायो
क्या गजबको देश !
क्या गजब भो देश !!

लेण्डुप पनि आफैँ
भीमसेन पनि आफैँ
भीमसेन र लेण्डुपको फ्यूजन
क्या गजबको देश !
क्या गजब भो देश !!

तल–तल तहखाना बनायो
पूँजिवाद चलायो
माथि–माथि हँसिया–हथौडा बनायो
लालसत्ता चलायो
क्या गजबको देश !
क्या गजब भो देश !!

सर्वहाराको माक्र्स पनि आफैँ
पूँजिवादको मार्सल पनि आफैँ
माक्र्स र मार्सलको फ्यूजन
क्या गजबको देश !
क्या गजब भो देश !!

गान्धारीको पट्टि खुल्ने
एक दिन होला देश ।

‘मनसरा’मा सगृहीत यो कविता २०६७ मा लेखिएको हो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x