साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही ठोक्तकहरू

Nepal Telecom ad

१. भयो कति साल
पार्वती हुँदा पनि महादेवको किन त्यस्तो ताल
आज जस्तो छ मेरो पार्वती बिना पनि हाल
के महादेवले पनि पर्खिराकाथे कसैलाई
जस्तो मैले पर्खेको भयो आज कति साल ।

२. प्रधानमन्त्री
लाटो भए पनि
बुङ्गो भए पनि
लुलो भए पनि
गुङ्गो भए पनि
पाउँछ यो बहाली
खुशी भए दक्षिणकाली ।

३. पत्रिका
न नयाँ कुरो छ
न खबरको चुरो छ
मन नपरेकाको खोइरो छ
विज्ञापनको ओइेरो छ ।

३. चाडपर्व
हुने खानेलाई
खुवाउनेको बहाना
हुँदा खानेलाई
महङ्गीको पाहुना ।

४. कलेज
टन्न पैसा तिर्ने
तिघ्रा देखाउँदै छिर्ने
दिनहुँ भमरा फेर्ने
पुतली बगैँचा ।

५. पार्टी प्रमुख
आफै विवाद चर्कायो
सक्ने पाखुरा सुर्कायो
नसक्ने फुर्कायो
बिरोधीलाई थर्कायो
अलोचकलाई लर्कायो
अनि पार्टी हुर्कायो ।

६. विधार्थी नेता
कहिले चन्दाले अत्याउँदै
कहिले ठेक्का पट्टा हत्याउँदै
आफ्नै अगुवाले जस्तो
कमाउने धन्दा पछ्याउँदै
बन्द सत्रको बाघको डमरू ।

दाङ, हाल  : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x