रुद्र ज्ञवालीहाइकुको बथान– ८
विमल गिरी
१.
नपठाउ भो
खपी नसक्नु याद
परदेशमा ।
२.
बिरानोपन
जीवन बाँचेकै छ
परदेशमा ।
३.
थोरै सपना
अलिकति रहर
तिम्रै यादमा ।
४.
छक्क नपर
जीवन यात्रा न हो
‘विन्दु’ भेटिन्छ ।
५.
मनै त होनी
अनुपम सौन्दर्य
आँफैसङ्ग छ ।
६.
नापेको बाटो
आउछ यादहरू
टेकेको बाटो ।
७.
एकान्त कुना
घरदेश सम्झदै
परदेशी म ।
भोजपुर
Subscribe
Login
0 Comments
Oldest





































