साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आइतेको देश कहाँ छ ?

Nepal Telecom ad

आइतेकै रगत पसिनाले
देश बन्छ,
आइतेको देश कहाँ छ ?
आइतेको देश सिंहदरबार भित्र छ, भनुँ भने,
आइतेकी जोइ, मर्दा
आइते कात्रो किन्न नसकेर,
मुग्लान पस्यो कि
बागमती पस्यो,
आइतेको कुनै खोजखबर
सिंहदरबारको बहि खातामा छैन ।
आइतेको देश कहाँ छ ?

आइते कि जोइ मर्दा
आइतेका छोरा छोरी
रातभरि,
मरेकी आमाको दूध चुसीरहेका थिए,
मरेकी आमाको दूध चुस्ने
आइतेका भोका छोरा छोरीको फोटो
सिंहदरबारको कुनै भित्तामा छैन
आइतेको देश कहाँ छ ?

आइतेकी जोइ,
कात्रो नपाएर
च्यातिएको चोलीमा
माटो भित्र गाडिई,
च्यातिएको चोलीमा
कात्रो बिहिन,
माटो भित्र
गाडिँदै गरेकी
आइतेकी जोइको फोटो
सिंहदरबारको कुनै मुल गेटमा छैन
आइतेको देश क हाँ छ ?

आइतेको देश
सिंहदरबार भित्र छ भनु भने,
अन्नको गेडी नपाएर
मरेकी आमाको दूध चुस्ने
भोको जनताको इतिहास
सिंहदरबारको कुन संविधानमा छ ।
न नौलो संविधान
न पुरानो संविधान
न बन्नेवाला संविधान
सिहदरबारको कुनै पनि संविधानमा
आइतेको भोकको इतिहास हुने छैन,
आइतेकी जोइको
कात्रो बिहिन इतिहास हुने छैन
मरेकी आमाको दूध चुस्ने
आइतेका छोरा छोरीको इतिहास हुने छैन ।
इतिहास बिहिन,
आइतेको देश कहाँ छ ?
अझै सिंहदरबार भित्र छ,
भनु भने,
सिंहदरबार मालिकहरूको देश हो,
त्यहाँ कुनै जनताको देश हुँदैन,
त्यहाँ कुनै आइतेको देश हुँदैन,

आइतेको देश कहाँ छ ?
हसियाको धारमा
बन्दुकको नालमा,
आइतेको देश कहाँ छ ?
आइतेकै रगत पसिनाले देश बन्छ
आइतेको देश कहाँ छ ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x