साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जंगबहादुर

Nepal Telecom ad

यतिबेला कसैले नपढे हुन्छ
जंगबहादुर मरेको झुठो इतिहास।
जंगबहादुर प्रत्येक अखबारहरूमार्फत
टेलिभिजनहरूमार्फत
हाम्रा लागि प्रत्येक दिन
आदेशहरू जारी गरिरहेका छन् ।
प्रत्येक दिन हामी सबै
जंगबहादुरको आदेश
छातीमा टाँगेर हिँडिरहेका छौँ ।
आफ्नो प्रिय घोडा चढेर
प्रत्येक दिन जंग बहादुर
उही सान सौगातका साथ
उसैगरी आफ्नो सवारी चलाउछन
राजधानीका सडकहरूमा ।
जंग बहादुर संगसंगै
उनको पुरानो घोडा पनि जिवित छ
बालबच्चा बुढापाका सबैले देख्नेगरी
हिन्हिनाउदै कराउछ पहिल्यैजसरी ।
जंग बहादुर सवार घोडा
हाम्रा पू्र्खाहरू कोपरेका दाँतहरू बोकेर
सान सौगातका साथ हिडिरहेकै छ हाम्रो बस्तीमा ।
जंगबहादुरको घोडा
जब हिन्हिनाउछ बस्तीको छाती कोतरेर
त्यसबेला देखिन्छन उसका तरुण दाँतहरू
उसका दाँतहरू देखेर
बुढापाकाहरू आतंकित हुन्छन्
दुध चुस्दै गरेका अबोध बच्चाहरू एक्कासी चिच्याउछन
युवतीहरू कोकोहोलो मच्चाउदै रुन्छन् ।
र पुरै बस्ती भयग्रस्त बन्छ ।
एउटा जंगबहादुर मरेको कथा
खुबै घोकेको थिएँ इतिहासमा मैले
परिक्षामा पास गर्न पनि घोकेको थिएँ
अहिले आफैँलाई गलत लागिरहेको छ
जंग बहादुर मरेको इतिहास
आफैले घोकेको एउटा झुठो इतिहास ।
हामी सबै जंगबहादुरहरूबाट घेरिएका छौँ
जताततै सडकमा ,
सरकारी कार्यालयहरूमा
नीति निर्माणका तहहरूमा
पार्टीको पोलिटव्युरो र स्थायी समितिहरूमा
कहाँ छैनन् जंग बहादुरहरू ?
जंग बहादुर मरेको झुठो इतिहास
अझै घोकी रहेका छन् बच्चाहरू
बिध्यालय र कलेजका बिद्यार्थीहरू
पढाइरहेका छन् शिक्षक र प्राध्यापकहरू ।
स्वयं जंगबहादुर
बिद्यालय पुगेर
बिश्वबिधालय पुगेर
हाम्रा गुरुहरूलाई
अझै दबाब दिइरहेका छन्
र पढाउन भनिरहेका छन्
आफू मरेको झुठो इतिहास ।
दाँत पनि नझरेको तरुण जंगबहादुरलाई बोकेर
जंगबहादुरको तरुण घोडा
मेरो प्रिय पर्व गणतन्त्र दिवसलाई
टुडिखेलबाट ठुलोठुलो स्वरमा ललकारिरहन्छ
म यतिबेला सबैभन्दा खतरनाक सपना देखिरहेको छु ।
एउटा दुर्ग फेरि बनाउनु छ
र त्यहाँ उभिएर फेरि गर्नु छ
जंगबहादुरको मृत्यु घोषणा
सत्री घोषणा गर्न बाँकीनै छ
जंगबहादुरको हत्या गरे पछि मात्र
फेरि गर्नु छ जंगबहादुरको मृत्यु घोषणा ।
यतिबेला कसैले नपढे हुन्छ
जंगबहादुर मरेको झुठो इतिहास ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म देश पढ़्दैछु

म देश पढ़्दैछु

मातृका पोखरेल
माछा, जाँड र रुद्र खरेल 

माछा, जाँड र रुद्र...

मातृका पोखरेल
ऐना

ऐना

मातृका पोखरेल
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x