साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धङ्धङी

Nepal Telecom ad

४.३५ को समय दिएर ५ बजेसम्म कुर्नुपर्ने जानकारी गराएको बुद्ध एयरको जहाज भद्रपुर एयरपोर्टमा कुर्दै गर्दा मेरो छेवैको यात्रुले मोबाइल फोनमा कसैसँग कुरा गर्दै सोध्यो– “कहाँ हो यार तुम ?”
अर्कापट्टिबाट के भन्यो थाहा भएन । त्यसपछि ऊ केहिबेरसम्म धारा प्रवाह हिन्दीमा कुरा गर्दै गयो । उसको लवज माड्वारीको जस्तो नभएर दक्षिणतिरको लवज भएजस्तो मलाई लागेकोले मैले ऊतिर नहेरी सकिन ।

मैले ऊतिर पुलुक्क हेरेकोमात्र के थिएँ उसले आफूले बोलीरहेको भाषा परिवर्तन गर्यो र अङ्ग्रेजीमा बोल्न थाल्यो–“आइ वान्ट्स् टु मिट यु एट होटल सिक्स, सिक्स थर्टी, सेवेन एज यु कम्फर्ट ।“

त्यसपछि अर्कातिरको पालोमा उसले के के भन्यो कुन्नि थाहा भएन तर मसँगैको यात्रुले पÞmेरि अघिकै समयसारिणी दोहोर्यायो र थप्यो– “देन आइ विल गो पशुपति टेम्पल मन्दिर ।”
पशुपति टेम्पल मन्दिर……।
पशुपति टेम्पल मन्दिर……।

उसको अंग्रेजीले मलाइ केही समय अघि चियापशलमा एउटा नेपालीले चिया अर्डर गर्दाको वार्ता स्मरण गरायो ।जसले भनेको थियो– “साहुनी, एक कप लेमन टी चिया बनाउँनुस् त कागती हालेर ।“

यो अंग्रेजीमा फुर्ति लगाउँने यात्रुको अझै धङधङी नउत्रिएको त मलाई थाहा भो र हाँस–हाँस पनि उठायो तर उसको वार्ताले मलाइ तुरुन्तै सोच्न बाध्य गरायो नेपालीले चैं किन अंग्रेजी फुर्ति गरेको होला !” भनेर ।

गौरादह–१२,झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x