साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्रको फल

Nepal Telecom ad

टुँडिखेलको मञ्चमा भव्यरूपमा आयोजना गरिएको गणतन्त्र दिवस समारोहमा करिव तीन घण्टासम्म कठिनसाथ भाग लिएर लखतरान हुँदै फर्के वरिष्ठ मन्त्रीजी ।

“निकै थाकियो हजुर ?” मायाँलाग्दो गरी सोधिन् मन्त्राणीजीले ।
“थाकियो नि ! कार्यक्रम पनि कति लामो बनाएर मरेका होलान् !” सुस्केरा मिसिएर निस्कियो ।
“न खाना, न पिना, तीन तीन घण्टासम्म हेर त !”
“चाक पनि दुखाएर कति थचारेको खटारोले । कत्ति चोटि भनी सकें गाडी फेरिदेओ, नयाँ देओ भनेर, यी अटेरी कर्मचारीदेखि आजित छु बिमला !“

मन्त्राणी जीले निधारको पसिना पुछिदिंदै सान्त्वना दिइन्– “नआत्तिइ बक्स्य्योस्, अहिले सरकार कमजोर भएर नटेरेका होलान्, पछि एकलौटी भएपछि त… नयाँ पजेरो नै रोजिबक्स्योस् है !”

“हजुर, गाउँबाट लाहुरे काइँला बा आ’का राहान्, काइँलीआमैको ओखती गर्ने रे, तल बैठकमा राखेको छु” सन्तेले जानकारी गरायो मन्त्री दम्पतिलाई ।
“मर्ने भै हजुर, भैँचालोले घर भत्काएदेखि टहराको बासले यो त गल्दै पो गै ! घरिघरि ह्याँक्या ह्याँक्या गर्छे ।….खै सर्का पनि बोल्ने मात्र र’छ, ऐलेसम्म घर बनाउने सहयोग दिएन” काइँलाले दर्द बिसाए ।
अरू कुरा सुनुन्जेल ठिकै थियो, जब सरकारका कुरा आए मन्त्रीजीलाई भाउन्न भो ।
मोबाइल थिचेर कानमा टाँस्दै बाहिर बगैंचामा निस्के ।

“ए सन्ते ! म निस्किनु पर्ने भो । काइँला–काइँलीलाई भन्दिनु– नाअत्तिई औषधि गराउनु, सरकारको बद्ख्वाइँ नगर्नु, गणतन्त्रको फल घरघरमा पुग्छ पुग्छ !” ड्राइभरलाई इसारा गरे र घुइँकिए मन्त्रीजी ।

बैठकमा स्याँ स्याँ गर्दै पेट मिचिरहेकी थिइन् काइँली । भित्तामा टाँसिएका सहिदहरूका ठुल्ठुला तस्वीर टोल्हाएर हेर्दै थिए काँल्दाइ । कपाल कन्याउँदै सन्तेले सोध्यो–
“काइँला बा चिया खानी ?“
काईँली आमाले लामो डकार डकारिन् र सुस्केरा हालिन् “उफ्फ्फ्फ्फ्फ् !”

२०७३ जेठ १५
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
0
Would love your thoughts, please comment.x
()
x