सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कोही कोही

Nepal Telecom ad

धाक भन्दा धक्कु ठूलो गर्न खोज्छन् कोही
हो। सुराही भित्र सागर भर्न खोज्छन् कोही

मित्रजन हो , नाच्न जाने हुन्न आँगन टेँढो
खुद मगजमा तुच्छ भ्रान्ती छर्न खोज्छन् कोही

बाच्न सिक्ने लालसामा ब्युँझियो रे ! मुर्दा
श्वास चल्दै हुन्छ तै नि मर्न खोज्छन् कोही

टाकुरामा पुग्नु भन्दै हौसला के बाडेँ !
पाउ मेरै काँधमाथी धर्न खोज्छन् कोही

कर्म गर्ने सीप यस्तो जोसुकैमा हुन्न
वाह ! आफ्नै मूल बाटो हर्न खोज्छन् कोही

धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
चिथार्नेहरू छन्

चिथार्नेहरू छन्

आनन्द श्रेष्ठ
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
झरिदिए पुग्छ

झरिदिए पुग्छ

कान्छा तिवारी
तान्ने धेरै भए

तान्ने धेरै भए

मरुभूमि नारायण
के पीर भो र ?

के पीर भो र...

निलहरि काफ्ले
ढाल्न सक्छु

ढाल्न सक्छु

हृषीकेश बराल