सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एलनको उपन्यास ‘स्याउली सिम्फोनी’ विमोचन

Nepal Telecom ad

२९ माघ, काठमाडौं । युवा पत्रकार रामकुमार एलनको उपन्यास ‘स्याउली सिम्फोनी’ को बुधबार राजधानीमा विमोचन गरिएको छ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले उपन्यासको विमोचन गरेका हुन् । उपन्यासको विमोचन गर्दै नेता नेपालले राजनीतिका विषयमा लेखिने साहित्यले समाजलाई नयाँ बाटोका लागि सहयोग पुग्ने बताए । एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनयुद्धका घटनालाई केलाएर साहित्यिक पुस्तक प्रकाशन गरिँदा सर्वसाधारणले पाएको पीडा बाहिर आउने बताए । ‘द्वन्द्वका विषयमा साहित्य लेखिन बाँकी रहेको छ, यसबारे अझै लेखिनुपर्छ’, नेता नेपालले भने, ‘राजनीतिक पुस्ताले पनि द्वन्द्वका विषयमा लेखिएका साहित्यिक कृति अध्ययन गर्नुपर्ने जरूरी छ ।’ कार्यक्रममा वरिष्ठ साहित्यकार श्यामलले द्वन्द्वका विषयमा लेखिएको आख्यानले समाजको ओझेलको पाटो बाहिर ल्याएको बताए । उपन्यासकार रामकुमार एलनले जनयुद्धको पृष्ठभूमिमा निम्छराले पाएको सास्ती उपन्यासमा समेटिएको बताए । उपन्या प्रकाशक बिएन पुस्तक संसार प्रालिका अध्यक्ष विष्णुकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रम साहित्यकार तथा पत्रकार स्वागत नेपालले सञ्चालन गरेका थिए ।

-टिपनटापन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad