साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिबाय प्रेम ….

Nepal Telecom ad

हिडदा हिड्दै पत्तै बिना
हिडिरहेको बाटो सग पनि हुदोरहेछ प्रेम
बस्दा बस्दै थाहै बिना
बसिरहेको माटो सग पनि हुदोरहेछ प्रेम

पानीलाई बिना स्वादै गरिदोरहेछ प्रेम
हावालाई बिना महसुस नै हुदोरहेछ प्रेम

फुलिरहेको फुल बाट किन आउछ होला प्रेमको सुवास..?
झुल्कीरहेको घाम बाट किन पोखिन्छ होला प्रेमको न्यानो ..?
किन जन्मदै गरेको सीसुलाई र बैसका ठिटाठिटी लाई देख्दा पनि
किन उम्रन्छ होला एउटा सुन्दर ब्रिक्छ्य मन भित्र..
सानुछदा आमालाई सोधे थे प्रेम के हो भनी …?
भर्खर जन्माएकी बाछीलाई चाट्दै गरेकी गाईतिर देखाउदै
आमाले भन्नुभएको थियो …
उ त्यही हो प्रेम
अलि ठुली भएपछि …
कसैले प्रेमपत्र लेखेर दियो
साथीहरुले भने – त्यसले तलाई प्रेम गर्छ

तिमीसित माया झांगिए पछि
मैले तीम्रालागि
श्रम दिए, पसिना दिए
उमेर दिए बैस दिए
सन्तान दिए र दिए बिस्वास पनि
दिदादिदै रित्तिएकी छु एतिबेला …
तिमीलाई दिने म सग अब केहि बाकी छैन

मेरो प्रिये ……
प्रेम त त्यो बेला पनि हुदोरहेछ
जुन बेला…
थुप्रै थुप्रै कुरा दिन सक्दोरहेछ मान्छे
र प्रेम त यो बेला पनि हुदोरहेछ ..
जुन बेला ..
दिनलाई केहि हुदो रहेनछ मान्छे सग
सिबाय प्रेम ……..!!

झापा, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x