साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शुद्ध नेपाली भाषा

Nepal Telecom ad

देवघाट, महेश आश्रममा बस्थेँ । एक ताका शुद्ध नेपाली बोल्ने भूत चढ्यो । सोचेँ, आज कुनै पनि आगन्तुक शब्द बोल्दिनँ ।{{read_more}}

कामविशेषले नारायणगढ जानू थियो । रोयल देवघाट चढेँ र पोखरा बसपार्क पुगेँ । रिक्सा चढ्ने सोच बनाएँ ।

विनम्र भएर रिक्सावालासँग शुद्ध नेपालीमा सोधेँ–
त्रिचक्रचालक महोदय ! नारायणगढ नगरको परिभ्रमण गर्दा कति द्रव्यहरू व्यय हुनेछन् ?

रिक्सावालाले भन्यो– नेपाली बोल मुला !!
मैले भनेँ– अवश्य श्रीमान् ! नेपालीमा नै वार्तालाप गर्दैछु ।
रिक्सावाला– पागल बनाएरै छोड्ने भो यसले, सिटमा बस भाइ ! कहाँ जाने हो ?
मैले भनेँ– परिसदन जानू छ । भाद्र र आश्विन महिनाको विद्युतशुल्क प्रदान गर्नु छ ।
रिक्सावालाले सोध्यो– यो परिसदन के हो फेरि ?
छेउमा उभिएका एकजना सज्जनले भनिदिए– बिजुली अफिस जाने रे यो भाइ, लगिदेऊ ।
रिक्सावालाले टाउको कन्याउँदै भन्यो– बस्नुहोस् प्रभु !

बाटोमा मैले रिक्सावालालाई सोधेँ– यो नगरीमा कति संख्यामा छविगृह छन् ?
रिक्सावाला– छविगृह मतलब ?
मैले भने– चलचित्र मन्दिर !
उसले भन्यो– यो ठाउँमा धेरै मन्दिर छन् भाइ ! 
गणेश मन्दिर, 
शिव मन्दिर, 
लक्ष्मीनारायण मन्दिर, 
दुर्गा मन्दिर 
अनि ऊ त्यो पछाडिको डाँडामा मौलाकाली मन्दिर छ ।
मैले भनेँ– महोदय ! मैले त चलचित्र मन्दिरको विषयमा प्रश्न गर्दै छु, जहाँ नायक नायिका प्रेमालाप गर्छन् ।
रिक्सावालाले टाउको कन्यायो– यो चलचित्र मन्दिर भनेको के हो ?
ऊ सोच्दै थियो, यत्तिकैमा उसको रिक्सा अगाडिको गाडीमा गएर ठोकियो ।
रिक्साको अगाडिको पाङ्ग्र्रो टेढो भएछ, र हावा खुस्केछ ।

मैले भनेँ– त्रिचक्रचालक ! तिम्रो त्रिचक्रको अग्र चक्र त वक्र भएछ ।
उसले नराम्ररी हप्काउँदै भन्यो– छिटो झर भाइ, ग्यारेज नजिकै छ, हावा हाल्नपरो ।
नजिकैको पन्चर टाल्ने ठाउँमा पुगेर मिस्त्रीलाई मैले भनेँ– 
त्रिचक्रवाहिनी सुधारक महोदय ! कृपया, तपाईंको वायुनिवेशक यन्त्रद्वारा म आरोहण गरेको यो त्रिचक्रको अग्र चक्रमा वायुभरण गरिदनुहोस्, धन्यवाद !!
मिस्त्रीले भन्यो– तेरीमा साले ! बिहानैदेखि एक पैसा बोहनी भएको छैन, तँ आउन नपाउँदै श्लोक सुनाउँछस् ?
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलमूत्रको कुरो

मलमूत्रको कुरो

दिलीप अर्याल
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
ताली

ताली

चम्पा दिवस राई
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x