सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शुद्ध नेपाली भाषा

Nepal Telecom ad

देवघाट, महेश आश्रममा बस्थेँ । एक ताका शुद्ध नेपाली बोल्ने भूत चढ्यो । सोचेँ, आज कुनै पनि आगन्तुक शब्द बोल्दिनँ ।{{read_more}}

कामविशेषले नारायणगढ जानू थियो । रोयल देवघाट चढेँ र पोखरा बसपार्क पुगेँ । रिक्सा चढ्ने सोच बनाएँ ।

विनम्र भएर रिक्सावालासँग शुद्ध नेपालीमा सोधेँ–
त्रिचक्रचालक महोदय ! नारायणगढ नगरको परिभ्रमण गर्दा कति द्रव्यहरू व्यय हुनेछन् ?

रिक्सावालाले भन्यो– नेपाली बोल मुला !!
मैले भनेँ– अवश्य श्रीमान् ! नेपालीमा नै वार्तालाप गर्दैछु ।
रिक्सावाला– पागल बनाएरै छोड्ने भो यसले, सिटमा बस भाइ ! कहाँ जाने हो ?
मैले भनेँ– परिसदन जानू छ । भाद्र र आश्विन महिनाको विद्युतशुल्क प्रदान गर्नु छ ।
रिक्सावालाले सोध्यो– यो परिसदन के हो फेरि ?
छेउमा उभिएका एकजना सज्जनले भनिदिए– बिजुली अफिस जाने रे यो भाइ, लगिदेऊ ।
रिक्सावालाले टाउको कन्याउँदै भन्यो– बस्नुहोस् प्रभु !

बाटोमा मैले रिक्सावालालाई सोधेँ– यो नगरीमा कति संख्यामा छविगृह छन् ?
रिक्सावाला– छविगृह मतलब ?
मैले भने– चलचित्र मन्दिर !
उसले भन्यो– यो ठाउँमा धेरै मन्दिर छन् भाइ ! 
गणेश मन्दिर, 
शिव मन्दिर, 
लक्ष्मीनारायण मन्दिर, 
दुर्गा मन्दिर 
अनि ऊ त्यो पछाडिको डाँडामा मौलाकाली मन्दिर छ ।
मैले भनेँ– महोदय ! मैले त चलचित्र मन्दिरको विषयमा प्रश्न गर्दै छु, जहाँ नायक नायिका प्रेमालाप गर्छन् ।
रिक्सावालाले टाउको कन्यायो– यो चलचित्र मन्दिर भनेको के हो ?
ऊ सोच्दै थियो, यत्तिकैमा उसको रिक्सा अगाडिको गाडीमा गएर ठोकियो ।
रिक्साको अगाडिको पाङ्ग्र्रो टेढो भएछ, र हावा खुस्केछ ।

मैले भनेँ– त्रिचक्रचालक ! तिम्रो त्रिचक्रको अग्र चक्र त वक्र भएछ ।
उसले नराम्ररी हप्काउँदै भन्यो– छिटो झर भाइ, ग्यारेज नजिकै छ, हावा हाल्नपरो ।
नजिकैको पन्चर टाल्ने ठाउँमा पुगेर मिस्त्रीलाई मैले भनेँ– 
त्रिचक्रवाहिनी सुधारक महोदय ! कृपया, तपाईंको वायुनिवेशक यन्त्रद्वारा म आरोहण गरेको यो त्रिचक्रको अग्र चक्रमा वायुभरण गरिदनुहोस्, धन्यवाद !!
मिस्त्रीले भन्यो– तेरीमा साले ! बिहानैदेखि एक पैसा बोहनी भएको छैन, तँ आउन नपाउँदै श्लोक सुनाउँछस् ?
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०